पथरी/ मोरङको इलाका प्रहरी कार्यलय पथरी अव देखि प्रहरी नायब निरीक्षक(डिएसपी) को नेतृत्व हुने भएको छ । यसउ अघि यन्स्पेक्टरको नेतृत्व रहेको थियो । पथरीमा अपराधिक घट्नाहरु बढेको भन्दैं प्रदेश प्रहरीले डिएसपी लक्ष्मी अधिकारीलाई काजमा पठाएको छ ।

दङ्गा नियन्त्रण गण दुहवीबाट उनलाई पथरी खटाइएको हो । पथरीशनिश्चरे नगरपालिका–१, स्थित पथरी बजारमै षडराज तामाङ र रिना बस्नेतको शंकास्पद मृत्यु भएपछि स्थानीयबासीले डिएसपीको दरबन्दी माग गर्दै आएका थिए । पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिप राईको टोलिले गृहमन्त्री रामबहादुर थापा १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतलाई डिएसपीको मागको ज्ञापनपत्र बुझाँएका थिए ।

पथरीमा शंकास्पद हत्या लगाएतको विभिन्न घट्ना भएपछी त्यहा कार्यरत प्रहरी निरीक्षक कमल बजगाई काम गर्न नसकेको ठहर गर्दै जिल्लामा तानेर इस्पेक्टर सुवास भट्टराईलाई इप्रका पथरी पठाएको थियो । भट्टराईसँगै इन्स्पेक्टर सागर घले पनि पथरीमै कार्यरत रहेका छन् । सोमबार उनी पथरी आएका हुन ।