धनकुटा / विराटनगर उच्च अदालत धनकुटा इजालासले पाख्रिबास नगरपालिका वडा नं ५ घोर्लिखर्क स्थित् डिकुरे र खाल्डेको विचमा पर्ने सिकारीडाँडाँमा दलित वस्तीलाई जोखिम हुनेगरी ढुङ्गाखानी ठेक्का लगाउनुको लिखित जवाफ पाख्रीवास नगरपालिकासंग माग गरेको छ ।
विराटनगर उच्च अदालत धनकुटा इजलासका माननीय मुख्य न्यायधिशद्धय श्रीमणकुमार गौतम र वविता उप्रेतीको संयुक्त इजालासले स्थानिय वासिन्दाहरुसंग आवश्याक समन्वय छलफल नै नगरी शिकारीडाँडामा ठेक्का मार्फत ढुँगाफोर्ने कार्यको १५ दिन भित्र स्पष्ट लिखित जवाफ अदालतमा पेश गर्न आदेश दिएको हो ।
इजालासमा प्रतिवादी पाख्रीवास नगरपालिकाको तर्फवाट कानुन व्यावसायी अधिवक्ता दुर्गा लिंखा र वादी दलित वस्तीको तर्फवाट अधिवक्ता लाखमान राईले वहस पैरवी गरेका थिए ।
दलित बस्ती खतरामा
नगरपालिका कार्यालयले सार्वजानिक जग्गामा ढुंगा उत्खनन गर्न स्वीकृती दिएपछि अहिले सो क्षेत्रका दर्जनौ घर दलित बस्ती पहिरोको कारण विस्तापित हुने खतरामा पुगेको छ । पहिरो पिडितहरुले उच्च अदालत विराटनगर धनकुटा इजालसमा वुधवार मुद्दा दायर गरेका थिए । सोही मुद्धा उपर शुक्रवार उच्च अदालत धनकुटा इजलासमा वहस हुँदा यस्तो आदेश भएको हो ।
सो मुद्दामा स्थानियबासीसंग आवश्याक समन्वय नगरी एक्लौटी ढंगले सार्वजानिक स्थलमा ढुंगा उत्खखन गर्न नगरपालिकाले ठेक्का दिएर दलित बस्ती विस्थापीत गराउन खोजिएकोले तत्काल सो कार्य रोक्न निषेधाज्ञायुक्त परमादेश पिडितहरुको तर्फवाट माग गरिएको थियो । तर अदालतले भने १५ दिने लिखित जवाफ मात्र माग गरेको छ ।
पाख्रिबास नगरपालिका कार्यालयका नगर प्रमुख विर्षबहादुर राई, पाख्रिबास न.पा.वडा नं.५ को कार्यालय र वडा नं. ५ का वडाध्यक्ष गोपालबहादुर थापालाई विपक्षी बनाई स्थानिय पिडित दलित परिवारहरुको तर्फवाट कुलबहादुर र मानबहादुर विश्वकर्माले उच्च अदालत धनकुटा इजालासमा मुद्दा दायर गरेका थिए । उनीहरुले उक्त स्थानवाट ढुङ्गा उत्खन्न गर्दा वस्तीलाई जोखिम त भयो नै सर्वसाधरण र विद्यार्थीहरुलाई समेत आवत जावतमा समस्या भैरहेको वताएका छन् ।
नगरको हितका लागि काम गरिरहेका छौ–नगर प्रमुख
पाख्रीवास नगरपालिकाका प्रमुख वृषवहादुर राईले भने आवश्याक प्रक्रिया मिलाएरै ढुङ्गा निकाल्ने कार्यको लागी ठेक्का दिइएको वताएका छन् । उनले सूचना जारी गरिएको समयवधीमा कोही कसैवाट विरोध नआएको जव काम थालियो तव मात्र विरोधमा स्थानिय उत्रिएको वताए । आफूहरु कानुनी रुपमा माथि छौं, हामीले सो क्षेत्रका जनतालाई मार्का परोस भन्ने उदेश्य राखेर काम गरेको नभै नगरको हित र सवै नगरवासीको हितको लागी काम गरेको राईले वताए ।