धरान । वराहक्षेत्र नगरपालिका–१ ले दलित महिलाहरूलाई नेतृत्त्व विकास तालिम प्रदान गरेको छ ।

बिहीबारदेखि औलिया बाबामठमा जारी तालिममा ४० महिला सहभागी छन् । तीन दिवसीय तालिममा दलितको हकमा संविधानले प्रदत्त गरेको अधिकारका विषयमा जानकारी गराइएको छ । संविधानमा धेरै अधिकारहरू प्रत्यायोजन गरेको भए पनि त्यसलाई सदुपयोग गर्न आफै सक्षम हुनुपर्ने १ नम्बर वडाकी सदस्य सुशिला परियारले बताइन् ।

दलितको विकासका लागि असल र सक्षम नेतृत्त्वको आवश्यकता भएको वराहक्षेत्र नगरपालिका परिषद् सदस्य धनकुमारी गहतराजले बताइन् । दलित सेवा सङ्घ १ नम्बर वडाध्यक्ष मानबहादुर विकको सभापतित्वमा भएको कार्यक्रममा पर्शुराम कार्की ढोली, लङ्कमान विक, रञ्जित विकलगायतले विचार व्यक्त गरे ।