धरान / जानकी सामुदायिक टोल सुधार समिति धरान–१३ को अगुवाइमा जानकी चौक सरसफाई गरिएको छ ।
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको उपस्थितिमा स्थानीयले सरसफाइ गरेका हुन् । जानकी चोक हुँदै मदन आश्रित मार्ग, जिरोप्वाइण्ट, जानकी मार्ग, कोलेनीमार्ग हुँदै पुनः जानकी चोक पुगेर सरसफाई कार्यक्रमको समापन गरिएको थियो । सभामुख भण्डारीले समेत हातमा कुचो लिएर शहर सफा गरेका थिए । उक्त टोल सभामुख भण्डारी निवास टोल हो ।
जानकी चोक सरसफाइमा सभामुख भण्डारीको सहभागीता
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































