श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ २३ गते विहीबार,६ जुन २०१९ । ज्येष्ठ शुक्लपक्षको तृतीया तिथि ११ः३९ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पूनर्वशु २२ः३८ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः१० र सूर्यास्त ६ः५६ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्य खालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको आइपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान पक्षबाट विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कला तथा गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणिय स्थानको भ्रमण हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
राजनैतिक क्षेत्रमा विशेष लाभ मिल्ला । नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । साथीभाइको सहयोग प्राप्त भइरहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दाम, नाम र इज्यत कमाउनेबेला छ ।सामाजिक क्षेत्रमा रुचि बढ्नेछ ।चिताएको काममा सफलता मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छोटे दुरीको लाभदायी यात्रा हुनेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । परिश्रम अनुसारको फल नपाईदा मन खिन्न बन्नेछ । आर्थिक संकटको सामना गर्नुपर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नजिकको व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुने समारोहमा शरिक भइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । नया“ तथा रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा मनोरञ्जनात्म कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय मध्यमखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्ने छ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला ।