पथरी / कानेपोखरी गाउँपालिका वडा नं. ४, का वडाध्यक्ष धनबहादुर राई वडा नं. ४ भित्र अध्यारोलाई मुक्त गर्न फिल्डमा गएर आफै विजुलीको पोल गाड्न थालेका छन् ।
वडाको नारायण चौक देखि दक्षिण पटीको चौधरी गाउँमा विहानको समय गाउँलेहरु सँग मिलेर पोल गाड्नमा समय खर्चेका हो । उनि मात्र होइन उनी सँगै वडासदस्य रोशन गुरुङ पनि पोल गाड्नेमा सहभागी भएका थिए ।
गत आर्थिक बर्षमा विद्युत खरिदमा छुट्याएको बजेटले आवश्यक अनुसार खरिद गरेर लगिदिएको पोल पछिल्लो आर्थिक बर्ष वित्न लाग्दा पनि स्थानियले पोल नगाडे पछि वडाध्यक्ष आफै लागेर पोल गाडेर तार पनि जडान गरेका छन् ।
जनप्रतिनिधिहरु सँगै टिका लिम्बू, उदिप लिम्बू, विष्णु लिम्बु, डम्बर कटुवाल, पुरण माझी, बलराम कार्कीलगाएत स्थानीयले सहयोग गरेका थिए ।
विद्युत लाइन जोडिदिएपछि अहिले चौधरी गाउँ झलमल छन् । बाँकी रहेको पोलहरु पनि अरु उपभोक्ताहरुलाई छिटो गाड्न आग्रह गरेका छन् । गत आर्थिक बर्ष वडा नंं ४ ले विद्युत पोल र तार खरिदको लागी ७ लाख रुपैया विनियोजन गरेको थियो । वडा नंं ४ भित्र विद्युत विस्तार सक्ने गरी यस चालु आर्थिक बर्षमा वडाले ४ लाख वजेट विनियोजन गरेको छ ।
गत बर्ष खरिद गरेकै पोल, तारहरु गाड्ने र तार गाँस्ने काम स्थानीयले नगरेकोले पुन विद्युतिय सामान खरिदमा समस्या भएको वडाध्यक्ष धनबहादुर राईले बताए । उनले पोल,तार घरमै लगिदिएर पनि स्थानीयले चासो नदेखाउदा जनप्रतिनिधिलाई गारो भएको बताए ।