यासोक । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिकामा पर्ने लुमुघाटमा डुबेर बेपत्ता भएका कुम्मायक–१ यासोकका २१ वर्षीय डिल्ली नेम्बाङको शव पाँच दिनपछि फेला परेको छ ।
साथीसँग तमोरमा पौडी खेल्ने क्रममा नेम्बाङ डुबेर बेपत्ता भएका थिए । उनको शव धनकुटाको चौवीसे गाउँपालिका–५ सदामटारमा फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पताल लगिएको छ । गाउँपालिकाको महेन्द्रोदय मावि स्याबरुम्बामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेर्न गएका नेम्बाङ तमोर नदीमा पौडी खेल्न पुगेका थिए ।