सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहामा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । दर्जनौं घाइते बनेका छन् ।

पूर्वबाट पश्चिमतर्फ यात्रु बोकेर आउँदै गरेको ना १ ज ५५५६ नम्बरको म्याजिकलाई सोही दिशाबाट आउँदै गरेको को १ क २१२० नम्बरको मिनी ट्रकले ठक्कर दिँदा एकको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते सबैलाई उपचारको लागि लहान अस्पताल लगिएको छ । उपचारका क्रममा सोही नगरपालिका–५ का हदिसा खातुनको मृत्यु भएको अस्थाई ट्राफिक पोष्ट कदमाहाका असइ प्रभुनारायण चौधरीले बताए । मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको चौधरीले जानकारी दिए ।