धनकुटा / धनकुटावाट भारतको गयाधाममा तिर्थ गएका १६ जनाको टोली भारतको दर्भाङ्गमा फर्कने क्रममा दुर्घटनामा परेको छ ।
यात्रुवाहक वस दुर्घटनामा परि धनकुटावाट गया तिर्थ पुगी फर्कदै गरेका १६ मध्ये धनकुटा –६ आत्मारा घर भै धनकुटा वचत तथा ऋण सहकारी संस्थाका व्यावस्थापक पदमा कार्यरत वर्ष–६८ का नारयण घिमिरेको घटना स्थल मै मृत्यु भएको छ । उनीसंगै २ भारतीयको पनि घटना स्थल मै मृत्यु भएको छ ।
शुक्रबार विहान भएको वस दुर्घटनामा परि घाईते हुनेहरुमा मृतक घिमिरेका धर्मपत्नी वर्ष ६५ की रुक्मिणी घिमिरे, धनकुटा ३ पात्ले घर भएका वर्ष ६५ का गोपाल भण्डारी र निजका श्रीमती सिता भण्डारी, वर्ष ५५ का नारयण भण्डारी र निजका श्रीमती विन्दु भण्डारी, कुँवेर भण्डारी र निजका श्रीमती गायत्री भण्डारी, खेम भण्डारी र निजका श्रीमती विमला भण्डारी, भोला भण्डारी र निजका श्रीमती मेनुका भण्डारी र अर्का नाम नखुलेका एक वृद्ध रहेका छन् । त्यसैगरी धनपा–४ का वर्ष ५५ का अम्विका भण्डारी, गायत्री दाहाल र निजका श्रीमती कमला दाहाल रहेका छन् । घाईते अधिकांशको हात खुट्टा भाँचिएको वताइएको छ ।
मृतक घिमिरेलाई भने घटना स्थल भारतको दर्भाङ्गमा नै पोष्टमार्टम गरि नेपाल ल्याउने तयारी भैरहेको परिवारिक श्रोतले जनाकारी दिएको छ । मृतक घिमिरे लामो समयसम्म राष्ट्रिय वाणिज्य वैंकमा कार्यरत रही निर्वित्त भएपछि धनकुटा वचत तथा ऋण सहकारी संस्था लि.का. २०६१ सालमा स्थापना गरि निरन्तर व्यावस्थापकको जिम्मेवारी निर्वाह गरिहेका थिए । घाइते सवैको विराटनगर स्थित् विराट मेडिकल टिचिङ हसिपटलमा उपचार भैरहेको छ ।