विराटनगर / विराटनगरमा आज दिउँसो अचानक अलकत्र बोकेको एउटा ट्रकमा आगो दनकिएको छ । बिराटनगरको महेन्द्र चोक छेउमा सडकमा निर्माणकार्य जारी रहेको अवस्थामा अलकत्र बोकेको ना १ क ८०१६ नम्बरको ट्रकमा आगलागी भएको हो । सडक पिच गर्न अलकत्रा बोकेको अवस्थामा एक्कासी उक्त ट्रकमा आगो बलेको स्थानियबासीको भनाई छ ।
बिराटनगर महानगरपालिकाको २ वटा दमकलले उक्त आगो नियन्त्रणमा ल्याएको मोरङ प्रहरीले जनाएको छ । ट्रकको आधा बढी भाग जलेको छ । घटनाबाट कुनै मानवीय क्षति भएको छैन । के कारण आगो लागेको भन्ने विषयमा निमार्ण कम्पनीको प्राविधिक टोलीले अनुसन्धान गर्दै आएको प्रहरीको भनाई छ ।