धरान । प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले भण्डारीले आजको बालक भोलीको कर्णधार भएको बताउँदै बालबालिकाहरूलाई घरबाटै बालमैत्री ब्यवहारको खाँचो रहेको बताएका छन् । भण्डारीले संविधानमा नै बालबालिकाहरुका अधिकारहरु समेटिएकाले सबैले उनीहरुको अधिकार सुनिश्चित गर्नु पर्ने बताएका छन् ।
आज धरान उपमहानगरपालिका वडा नं १२ चतरा लाईन क्षेत्रलाई बालमैत्री वडा घोषणा सभामा उनले यस्तो बताएका हुन ।
बालमैत्री स्थानीय शासन वडा समिती तथा धरान १२ वडाका वडा अध्यक्ष टंकबहादुर राईको अध्यक्षतामा सम्पन्न बालमैत्री वडा घोषणा कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख मञ्जु भण्डारी, जिल्ला समन्वय समिती उप प्रमुख कृष्ण कुमारी विश्वकर्मा,धरानका १९ वटै वडाका अध्यक्ष, नगरसभाका सदस्यहरु, नगर बाल सञ्जालका अध्यक्ष, वडा बाल सञ्जालका अध्यक्ष, बिभिन्न राजनितिक दलका नेताहरु, टोल बिकास संस्था तथा धरान वडा नं १२ का विद्यालयहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । धरानलाई बालमैत्री उपमहानगर बनाउने अभियान अनुसार १२ नं. वडालाई आज बालमैत्री वडा घोषण गरिएको हो ।
धरान १३, १४ र २० लाई यस अघि नै घोषणा गरिएको छ । कार्यक्रममा धरान १२ स्थित सुनाखरी बोर्डिङ्ग स्कुालका बालकालिकाहरुले बालमैत्री सम्बन्धी नाटक प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।