इनरुवा / प्रदेश १ का मुख्यमन्त्री शेरधन राइले यस प्रदेशलाई दुर्व्यसन मुक्त बनाउने प्रतिवद्धता जनाएका छन ।
जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी दुर्व्यसन बिरुद्धको अभियान कार्यक्रमको सदरमुकाम इनरुवामा हिजो उदघाटन गर्दै मुख्यमन्त्री राइले सो कुरा बताएका हुन ।
उनले दुव्र्यसनले समाजमा अपराधिक गतिबीधिका घटनाहरु बढाउने भएकाले यसको न्युनिकरणका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । मुख्यमन्त्री राइले प्रदेश सरकारले दुव्र्यसन बिरुद्धको अभियानका लागि सगरमाथा टिनेजर क्लव गठन गरेर ‘हामी अगाडि बढौ’ं भन्ने मुल नाराका साथ प्रदेश भरिका युवाहरुको सक्रिय सहभागीतामा दुव्र्यसनलाई न्युनिकरण गर्नका लागि काम गरिरहेको बताए ।
कार्यक्रममा प्रदेश १ का उद्योग पर्यटन वन तथा वतावरण मन्त्री जग्दीशप्रसाद कुसियैतले काठमाडौं पछि सुनसरी जिल्ला अपराधिक गतिबीधि र दुर्व्यसनका गतिबीधि हुनेमा दोस्रो जिल्लाका रुपमा रहेकाले यस्ता गतिबीधिलाई निस्तेज पार्नका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
प्रदेश नम्वर १ का प्रतिपक्षी दलका नेता राजिव कोइरालाले प्रहरीले सञ्चाल गरेको दुव्र्यसन बिरुद्धको कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

१६ वटा विद्यालयमा क्लव गठन
जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लामा दुव्र्यसनलाई न्युनिकरण गर्नका लागि १६ वटा विद्यालयहरुमा फ्रेन्र्डस क्लव गठन गरेर अभियान संचालन गरेको छ । कार्यक्रममा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवकुमार खडगा, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, प्रदेश १ का बरिष्ट प्रहरी उपरीक्षक किसोरकुमार दाहाल, सशस्त्र प्रहरीका महानिरीक्षक मन्दिप श्रेष्ठ, जिल्ला समन्यव समिति सुनसरीका उपप्रमुख कृष्णकुमारी बिक, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कालगायतकाले दुर्व्यसनको बिरुद्धमा एक्यवद्धता जनाएका थिए ।

समझदारी पत्रमा हस्ताक्षर
कार्यक्रममा सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले दुव्र्यन बिरुद्धको बिषयमा अवधारणपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीले तयार गरेको समझदारी पत्रमा ब्लाष्ट टाइम्स दैनिकका सम्पादक तथा प्रकाशक किशोरकुमार कार्की, सप्तकोशी एफएमका प्रधान सम्पादक लिलाराज भट्टराई र युवा विकास केन्द्र इटहरीका संजय चौधरीले समझदारी पत्र हस्ताक्षर गरेर अदान प्रदान गरेका थिए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमका संयोजक तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।