श्री शालिवाहनीय शाके १९४१ वि.सं.२०७६ साल ने. सं. ११३९ वैशाख २२ गते आइतबार, ०५ मे २०१९ । वैशाख कृष्णपक्षको प्रतिपदा तिथि २३ः५५ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र भरणी १६ः५७ बजेसम्म, उप्रान्त कृतिका,चन्द्रमाराशि मेष, सूर्योदय ५ः२४ र सूर्यास्त ६ः३९ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
धन आगमनका नया“ स्रोतहरू फेला पर्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु होलान् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा रुचि बढ्नेछ । महिला मित्रको विशेष सहयोग प्राप्त भइरहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का—पट्टा तथा तत्जन्य कार्य व्यवसायमा विशेष लाभ मिल्ला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । जग्गा–जमिन तथा
वाहन खरिद गर्ने अवसर मिल्ला । वैदेशिक
यात्राको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

शरीर अस्वस्थ रहला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । अरुको काममा बढी समय दिनुपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्नेछ । नपत्याएका व्यक्तिहरूबाट उचितसहयोग मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला । शुभसमाचार सुन्न पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । सा्ङगीतिक क्षेत्रमा रुचि बढ्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । बिछोडिएको साथीहरूसित भेटघाट हुनेछ ।