पथरी / इलाका प्रहरी कार्यलय पथरीलाई स्थानीयवासीले घराउ गरे पछि भीडलाई नियन्त्रण गर्न प्रहरीले फायर खोलेको छ ।
प्रहरीले मंगलबार मध्यान्ह २ राउण्ड हवाई फायर गरेपछि भाग्ने क्रममा पथरी १ का जीतबहादुर लावती घाइते भएको स्थानीयले बताएका छन् । प्रहरीले हवाइ फायर गरे पछि झन भीड आक्रमक भएका छन् ।
उनको टाउकोमा ३ वटा टाँका लगाईएको बताइएको छ ।

शनिबारदेखि अशान्त बनेको पथरीका स्थानीय आइतबारदेखि सडममा उत्रिएका छन् । आज स्थानीयको प्रदृशनले उग्र रुप लिएको छ । आन्दोलनको क्रममा प्रहरीले ज्यादती गरेको भन्दैं भीडले नगरपालिकाको कार्यालयसमेत तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले थप प्रहरी परिचालन गरिएको छ ।