श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख ४ गते बधबार, १७ अप्रिल २०१९ । चैत्र शुक्लपक्षको त्रयोदशी तिथि २१ः०० बजेसम्म, उप्रान्त चतुर्दशी , नक्षत्र उत्तरफाल्गुनी २२ः३० बजेसम्म, उप्रान्त हस्त, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः४० र सूर्यास्त ६ः२९ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय प्रतिकूल देखिन्छ । संयम रहनु होला । बोलीको विपरित अर्थ लाग्न सक्नेछ । प्रेममा खटपट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आधुनिक विषयप्रतिको रुचि बढेर जानेछ । विपरित समयमा विपरित निर्णय हुनसक्छ । कार्यगर्दा सोचेर गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विशिष्ट व्यक्तिहरुको सहयोगले विशिष्ट कार्य सम्पादन हुनेछ । कृषि तथा तत्जन्य व्यवसायमा राम्रै आम्दानि होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पढाई लेखाइमा प्रगति हुनेछ । सन्तान पक्षको खुसिको खबर प्राप्त हुनेछ । समग्रमा आजको दिन उत्तम छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
विशेष लेखाइमा प्रगति हुनेछ । पारिवारिक कार्यमा दिन वित्ला । अध्ययन–अध्यापनका क्षेत्रमा प्रगति हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रशासनिक द्वन्द्वको समाप्ति हुनेछ । गृह कलह पनि शान्त होला । मन केही मात्रामा विचलित हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
साझेदारीका काममा खटपट देखापर्ने देखिन्छ । ऐतिहासिक विषयको अध्ययनमा रुचि बढ्ला । प्रेममा कमजोर देखिन्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पठन–पाठनको प्रतिफल राम्रो आउनेछ । नयाँ वाहन प्राप्ति गरिएला । मन प्रशन्न रहेनछ । प्रेममा सफलता होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम गरे अनुसारको प्रतिफल प्राप्त नहोला । सामाजिक मान प्रतिष्टा गुम्न सक्छ । विचार पुर्याएर काम गर्नु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
स्त्रीहरुका लागि आजको दिन त्यति राम्रो देखिदैन । वैचारिक द्वन्द्वमा कस्नु होला । दाम्पत्य जीवनमा सफलता प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो तथा छोटो यात्राको योग देखिन्छ । नया“ नया“ विषयको अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । नयाँ काम थालनी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्राध्यापक तथा कर्मचारी वर्गको पदोन्नति हुने समय आएकोछ । वैदेशिक लगानि तथा साझेदारीको व्यापारमा घाटा हुनेछ ।