मधुमल्ला ।  मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९को मावाखोलाधारमा अस्थायी टहरा बनाई बसेका दुई सय १५ सुकुम्बासीहरुका टहरा शुक्रबार भत्काईएको छ ।
गएको १५ दिन अघि बाट उक्त स्थानमा सुकुम्बासीको नाममा केही सुकुमबासी र धनाढ्यहरुले नै टहरा हाली बस्दै आएका दुई सय १५ घर टहरा शुक्रबार जिल्ला प्रहरी कार्यालय, प्रहरीगण रानी, इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी शसस्त्र बेस क्याम्प सहीत डिएसपी नवराज ढुङ्गानाको नेतृत्वमा आएको टोलीले हटाएकोे हो ।

सो वन क्षेत्रमा सुकुम्वासीका नाममा सयौं टहरा निर्माण गरिएका थिए । झापाको दमक र मोरङको मधुमल्ला जोड्ने मावामा पक्की पुल बनेसँगै भविष्यमा लाभ लिने मनसायले गिरोह नै खडा गरी जग्गा हडप्न शुरु गरेकोे वन कार्यालयले बताउँदै आएको थियो । गत बुधबार सव डिभिजन वन कार्यालय मङ्गलबारेको टोलीले स्थलगत निरीक्षण गरी टहरा निर्माण गरिरहेका व्यक्तिहरूलाई जग्गा खाली गर्न चेतावनी समेत दिएको थियो ।

बाढीपीडित, सुकुम्वासी र भूमिहीनको नाममा वन अतिक्रमण भइरहेको वन कार्यालयकोे दाबीे छ । बाढीपीडित र सुकुम्वासीको नाममा वन अतिक्रमण भएको देखिए पनि आफ्नो निजी जमिन हुने समेत वन अतिक्रमणमा संलग्न भएको कार्यालयले जनाएको छ । उक्त क्षेत्रमा घर जग्गा नहुनेभन्दा निजी जमिन भएका हुने खानेले बढी अतिक्रमण गरेको स्थानीयहरू बताउछन् ।
टहरा भत्काए संगै शुक्रबार सुकुमबासीहरुले मिक्लाजुङ गाउँपालिका अगाडी बिरोधसभा गरेकाछन ।

बिरोधसभालाई सम्बोधन गर्दै सुकुम्बासी नेता रोषन कट्टेलले प्रशासन लगाएर टहरा भत्काएपनी पुन आफुहरुले टहरा बनाउने बताए । करिब १५ मिनेट लामो चलेको बिरोध सभामा सकुम्बासीहरुले सुकुम्बासीलाई नहेप्न र नेपाली नागरिक भएर स्वतन्त्ररुपमा शिर ढाकी बस्न पाउने अधिकार सुनिश्चित गर्न माग गरे । सुकुमबासीलाई वेवास्ता गरी पुन टहरा भत्काए बिद्रोहमा उत्रने चेतावनी समेत सुकुम्बासीले दिएका छन ।

1 1 4 1 sukumbasi 3 1 2 1