दमक  / आइतबारदेखि दमकमा जारी एक नं प्रदेशस्तरीय बृहत् वाङ्मय संगोष्ठी साहित्य, कला तथा संस्कृतिसम्बन्धी सत्र बुँदे घोषणापत्र सार्वजनिक गर्दै मङ्गलबार सकिएको छ ।
भाषा, साहित्य, कला र संस्कृतिको विकास, सम्वद्धन र प्रर्वधन गर्ने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठान, दमक नगरपालिका तथा दमक प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित सङ्गोष्ठीको प्रदेश नं एकका प्रमुख डा. गोविन्द तुम्याहाङले समापन गरे ।
प्रमुख तुम्याहाङले वाङ्मय संगोष्ठीले प्रदेशको आत्मा झल्काएको बताए । ‘स्रष्टाहरूका सिर्जनाले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने’ उनको भनाई थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्थानीय तथा प्रदेशस्तरमा साहित्यिक एवं सांस्कृतिक जागरण र प्रवद्र्धनको उदेश्यबाट आयोजित वाङ्मय संगोष्ठी सार्थक ढंगले सम्पन्न भएको बताए । उनले सातै प्रदेशको गौरवपूर्ण सम्पदा र संस्कृतिको अभिलेखीकरणमा प्रज्ञा–प्रतिष्ठान लागेको उल्लेख गदैं सङ्गोष्ठीमा भएका विमर्शबाट निस्किएको निष्कर्षले आफू उत्साहित भएको बताए ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संगोष्ठीले ऊर्जा सञ्चार गरेको बताए । उनले दमक नगरपालिका स्थानीय जाति र समुदायका भाषा, साहित्य, कला तथा संस्कृतिको विकास, संरक्षण र सम्बद्र्धनमा संवेदनशील रहेको बताएका थिए ।
आइतबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गोष्ठीको उद्घाटन गरेका थिए । उनले भाषा, साहित्य, कला तथा संस्कृति देशको सम्पदा भएको बताउदैं यसको विकासका लागि सरकारले पूर्ण सहयोग गनेृ बताए ।
एक नंं प्रदेशका मुख्यमन्त्री शेरधान राईले प्रदेश सरकारले प्रदेशको सांस्कृतिक नीति तयार पार्नका लागि कार्यदल गठन सुझाव संकलनको काम सकिएको सुनाए । उनले चाढै प्रादेशिक प्रज्ञा–प्रतिष्ठान गठन गरिने बताए ।

सङ्गोष्ठीमा ‘किरात मुन्धुम’ सम्बन्धी प्राज्ञ हरिश्चन्द्र लावती, ‘कोसी प्रस्रवणक्षेत्रको हिमाली जनजीवन’बारे राजेश्वर थापा, ‘कोसी प्रस्रवणक्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू’बारे प्राडा सोमप्रसाद खतिवडा, ‘नेपाल उपत्यका र राजवंशी समुदायको सांस्कृतिक अन्तरसम्बन्ध’बारे डा. डिल्ली प्रसाइँ, ‘सन्थाल लोकसाहित्यको वर्तमान स्वरूपबारे उत्तम भट्टराई र ‘धिमाल लोकसाहित्यको अवस्था’बारे डा. सोमबहादुर धिमालले कार्यपत्र प्रस्तुत गरेका थिए ।
विभिन्न प्राज्ञिक सत्रहरूको अध्यक्षता प्रा.डा. टंकप्रसाद न्यौपाने, डा. तुलसी भट्टराई, प्रा.डा. गोविन्दराज भट्टराई, लोकबहादुर धिमाल, दधिराज सुवेदीलगायतले गरेका थिए । ।