धरान / मोरङको बेलबारी नगरपालिका ४ बाट गत फागुन १७ गते रातीदेखि बेपत्ता २६ बर्षीया रमिला राईको शव आज फेला परेको छ ।
स्थानीय नेता योगेन्द्र गुरुङनेले हत्या गरी कोशीमा फालिएको भनिएको शव फेला परेको छ । हत्या भएको २६ दिनपछि सेतो बोरामा हात खुट्टा बाधिएको अवस्थामा राईको शव बुधबार कोशी ब्यारेजबाट फेला परेको काेशी व्यारेज प्रहरी पोष्टका इञ्जार्च इश्वरी दाहालले जानकारी दिए ।
राईको हत्या आरोपमा पक्राउ परेका बेलबारीका योगेन्द्र गुरुङको बयानका आधारमा उनको शव खोजी भईरहेको थियो । गोताखोरको सहयोगमा कोशी व्यारेज वरिपरी व्यापक खोजी भए पनि फेला परेको थिएन । खोजीको क्रममा अन्य दुईवटा बेवारिसे लास फेला परेको थियो ।
बुधबार कोशी ब्यारेजको पश्चिम तर्फ सप्तरीको गोवरगडानजिक शव फेला परेको हो । कोशी व्यारेजबाट करिव ३ सय मिटर दक्षिणमा फेला परेको थियो । स्थानीयले नदिमा बोरा भित्र गहुगो सामानजस्तो देखे पछि प्रहरीलाई खबर गरेका थिए । डुङ्गाको सहयोगमा नदिबाट एक घण्ट समय लगाएर शवलाई किनारामा निकालिएको थियो । बाेरा भित्रै हात खुट्टा बाधिएकाे अवस्थामा शव भेटिएकाे हाे ।

54730845_2262720393977381_3682227285659746304_n

शव पहिचान हुन बाँकी
गुरुङको बयानको आधारमा सबै मिलेको छ । यही शव हो भन्ने भएको छ । तर उनीहरुको परिवारलाई शव देखाए पछि मात्र एकिन गर्न सकिने शव फेला परेको स्थलबाट बेलबारी इलाका प्रहरी कार्यालयका सइ दुर्गा पोमोले जानकारी दिए ।

ramila 1

यसरी बेपत्ता भएकी थिइन रमिला
फागुन १७ गते शुक्रबार राती गुरुङसंगै विराटचोकको हावना होटल गएकी राई एकाएक वेपत्ता भए । यसरी रमिला एक्कासी वेपत्ता भएपछि उनको परिवारले योगेन्द्र गुरुङलाई फोन गरि सोध पुछ गरे । गुरुङले उनलाई रातीनै घर सम्म पु¥याई दिएको बताएका थिए । रमिला वेपत्ता भएको जाहेरी इलाका प्रहरी कार्यालय बेलबारीमा दिए लगत्तै नजिक जंगल खोलामा प्रहरीले तिब्र रुपमा खोजी गरे । सोही घटना वारे गुरुङले पनि प्रहरीलाई रिर्पोट गरेका थिए । वेपत्ता रमिलाको पत्तो नलागेपछि प्रहरीले भाग्दै गरेका गुरुङलाई इलामबाट फागुन १७ गेत बेलुका नै पक्राउ गरेको थियो । पक्राउ पश्चात गुरुङले हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका थिए । उनले कोशी व्यारेजमा शव फालेको बयान दिएका हुन ।
गुरुङले युवतीलाई फागुन १७ गते शुक्रबार राति साँढे ११ बजे घरमै छोडिदिएको भनेर दावी गरेपनि सोही दिन रातिका ‘सिसिटिभी फुटेज’ हेर्दा योगेन्द्रले प्रयोग गर्दै आएको गाडी रातको साँढे १२ बजे इटहरी पश्चिम लागेको र शनिबार विहान साँढे ४ बजे गोठगाउँबाट पुर्व लागेको देखिएको प्रहरी बताउँछ । योगेन्द्रले भनेको कुरा र गाडीको अवस्था हेर्दा नमिलेपछि उनीमाथी प्रहरीले विशेष टोली परिचालन गरेको थियो ।

रमिला र योगेन्द्र बीचको प्रेम सम्वन्धको चर्चा

yogendra
रमिला राई र योगेन्द्र गुरुङ दुवै विवाहित हुन् । रमिलाले तेह्रथुममा विवाह गरेर श्रीमान् संग अलग भई बेलबारीमा बसोवास गर्दै आएका थिए । रमिलाको एक जना ७ वर्षिय छोरी छन् । योगेन्द्र गुरुङको भने दुई सन्तान रहेको छ । उनका श्रीमती छोराछोरी काठमाण्डौंमा छन् ।
उनी यहाँ नोवेल अस्पताल मेडिकलका संचालक समिति अध्यक्ष हुन् । साविक बेलबारी नगरपालिकाका एमालेका पूर्व नगर अध्यक्ष हुन् उनी ।
रमिला र योगेन्द्रको विषयमा गाउँमा टिका टिप्पणी यस अघि नभएको हैन । उनीहरु दूईजनाको साना तिना झगडा परेको पनि गाउँलेहरुले सुनेका थिए । यति हुदा हुँदै पनि संगै हिडडुल गर्ने गरेको स्थानीयहरुको भनाई छ । सोही क्रममा गुरुङले रमिलालाई आर्थिक लगायत विभिन्न सहयोग गर्दै आएको पनि अहिले सार्वजानिक भएको छ । यसैलाई स्थानीयहरुले प्रेम र यौनको सम्वन्धसँग तुलना गरेर हेरेको पाइएको छ ।