विराटनगर / प्रधानमन्त्री केपीशर्मा ओलीले सरकारले दिएको समय सिमा भित्र अवैध हात हातहतियार नबुझाएमा वर्तमान सरकारले आफै हतियार नियन्त्रण गर्ने बताएका छन् । भूमिगत संघर्षको नाममा लुटपाट, आतंक सृजना गर्ने समूहलाई सरकारले तह लगाएर छोड्ने बताए ।
मोरङको कटहरी गाउँपालिका – २ स्थित तरकारी तथा फलफुल थोक बजार केन्द्रको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले चन्दा संकलनको नाममा लुटपाट, आतकं भनेजति पैसा नदिए तोडफोड, आगजनि गर्ने माओबादी बिप्लव समुहले तोकिएको समय सिमा भित्र हतियार नबुझाएमा सरकारले जसरी भएपनि नियन्त्रण गरेर छाडने प्रतिवद्धता जाहेर गरे ।
बिप्लव समुहको गतिबिधि प्रति आक्रोशमा उत्रिएका प्रधानमन्त्री ओलीले लोकतन्त्रमा लुटपाट गर्ने अधिकार कसैले नभएको बताए । ‘लुटेरा समुहहरूले दिएको समयसिमा भित्र हतियार बुझाएनन भने हामी आफै हतियार खोस्छौ,’ प्रधानमन्त्री ओलीले भने, ‘गलत बाटो सच्याउन हामीले समय दिएका छौं ।

लुटपाट, आतंक मच्याउँदा सरकार टुलुटुलु हेरेर बस्दैन ।’ चन्दा संकलनका नाममा लुटपाट गर्ने, सञ्चार टावर, हाईड्रो पावर, यातायात र निर्माण संरचनाहरुमा बम बिस्फोट गराउने, मानिशको अपहरण र हत्या गर्ने कार्य गरेकोले शान्ति सुरक्षाकालागि सरकारले बिप्लव समुहमाथि प्रतिबन्ध लगाएको प्रम ओलीले जानकारी गराए । सरकारले स्वतन्त्र मधेशको नाममा गतिबिधि गरिरहेको सिके राउतसँग वार्ता गरेर सरकारले बिखण्डन र पृथकताबादलाई समाप्त पारेको उनले बताए । ‘सरकारले पृथकताबाद र बिखण्डनको अत्या गर्दा केही बुद्धिजिवीहरुले आलोचना गरेमा आफुलाई अचम्म लागेको छ,’ उनले भने, ‘सरकारले राष्ट्र हितकालागि काम गर्दा हदैसम्म आलोचना गर्नेहरु आफनो शान्ति बिथोल्ने योजना बिफल भएकोले तिलमिलाउन थालेका छन् ।’ उनले भने, ‘मलाई देशका बृद्धिजिबी अगुवा भन्नेहरुको बृद्धिदेखेर दया लागेर आउँछ । लुटने कार्यलाई पनि चन्दा भनिरहेका छन । धेरै भयो अव देशमा हिंसाको आवश्यकता छैन ।’
प्रम ओलीले आम युवा जमातलाई लुटेर हैन गरेर खान आग्रह गरे । उनले युवाहरु आग्रह गर्दै भने, ‘देश हामीले बनाउने हो । यसैले आफनो बहादुर लुटेर हैन गरेर खान खर्च गर्नुहोस ।’
प्रधान मन्त्रि ओलीले नेपाल बिकासको वाटोमा दिन दिनै एक कदम अगाडी बढदै गएको र त्यसको उदाहरण कटहरीको तरकारी तथा फलफुल थोक बजार भएको बताए । उनले देश कृषी प्रधान भए पनि व्यवहारमा त्यस्तो नभएकोले बजारको बिस्तारिकरण सँगै उत्पादनमा जोड दिन आग्रह गरे ।
उनले एक नम्बर प्रदेश सरकारलाई आग्रह गर्दे भने, ‘यसैले कृषकलाई बोलाएर हैन उनिहरु भएका ठाउँमा गएर सेवा दिन थाल्नुपर्छ ।’