विराटनगर / विराटनगर महानगरपालिका क्षेत्रको रेष्टुरेन्टहरूमा अवैध यौन धन्दा हुने गरेको पाइएको पाइएको छ ।
रेष्टुरेन्टको संचालकले जवरजस्ती डर, त्रास देखाएर काम गर्ने किशोरीहरूलाई यौन धन्दामा लगाउने गरेको पाइएको हो ।
पहाडी जिल्लाहरूबाट रोजागरीको लागि काम खोज्दै आएका किशोरीहरूलाई रेष्टुरेन्टमा काममा लगाउने र होटलमा आएका ग्राहकहरूसँग मोटो रकम लिएर संचालकहरूले यौन धन्दामा लगाउने गरेका हुन् ।
विराटनगरको एक रेष्टुरेन्टका संचालिककाले काम गर्ने किशोरीहरूलाई जवरजस्ती डर त्रास देखाएर अवैध यौन धन्दामा लगाउनेलाई मोरङ प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।
विराटनगर महानगरपालिका– ११ रोडशेष चौकस्थित टिफिन रेष्टुरेन्ट संचालिका प्रिया श्रेष्ठलाई अवैध यौन धन्दामा किशोरीहरू लगाउने गरेको आरोपमा प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी कृष्ण खड्काले जानकारी दिए ।
‘बिभिन्न जिल्लाहरूबाट रोजगारीको सिलसिलामा आएका युवतीहरूलाई रेष्टुरेन्टमा आउने ग्राहकहरूसँग जवरजस्ती डर त्रास देखाई करकापमा पारी यौन सम्पर्क राख्न लगाउने गरेको पाइयो,’ डिएपी खड्काले भने, ‘पक्राउ परेकी श्रेष्ठले आफ्नो रेष्टुरेन्टमा काम गर्ने ३ जना किशोरीलाई लामो समयदेखि अवैध यौन धन्दामा लगाउँदै आएको खुलेको छ ।’ काम गर्ने किशोरीहरूको इच्छा विपरीत रेष्टुरेन्ट संचालिका श्रेष्ठले विगत ४/५ महिनादेखि होटलमा आएका ग्राहकहरूसँग यौन सम्र्पक गराउन लगाउने गरेको प्रहरीले जनाएको छ । रेष्टुरेन्ट संचालिका श्रेष्ठले एक जना किशोरीलाई यौन सम्र्पक गराए वापत ग्राहकसँग ३ हजार देखि ६ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ । ‘पक्राउ परेकी श्रेष्ठले रेस्टुरेन्टमासमेत अवैध यौन धन्दा चलाउने गरेको प्रराम्भिक अनुसन्धानबाट खुलेको छ,’ डिएपी खड्काले भने, ‘रेष्टुरेन्टमा काम गर्ने किशोरीहरूलाई ग्राहकसँग पनि अन्यन्त्र ठाउँमा पठाउने गरेको पाइएको छ ।’ इच्छा विपरीत अवैध यौन धन्दामा लगाएको भन्दै सोही रेष्टुरेन्टमा काम गर्दै आएका तीन जना किशोरीहरूले जिल्ला प्रहरी कार्यालय मोरङमा आएर दिएको जाहेरीको आधारमा प्रहरीले होटल संचालिका श्रेष्ठलाई पक्राउ गरेको हो ।