धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.८ याङ्गलावुङ्गमा आईतबार दिउँसो २ः३० बजे ट्याक्टर दुर्घटना हुँदा २ जनाको घट्ना स्थल मै मृत्यु भएको छ ।
ना.४ त. ९६५४ नम्वरको ट्याक्टर जितपुर–याङ्गलावुङ्ग सडक खण्डमा गाउँको अम्लिसो भेला पार्ने क्रममा दुर्घटना भएको हो । ट्याक्टर पल्टिएर महालक्ष्मी नगरपालिका वडा नं.८ का वर्ष २७ का बालकुमार पुलामी मगर र वर्ष ११ का (नाबालक) अनिल मगरको घट्ना स्थल मै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाले जनाएको छ ।
एघार वर्षिय अनिल भने ट्याक्टरमा सहयोगीको रुपमा काम गर्ने गर्थे । सो दुर्घटनामा परि सोहि वडा निवासी वर्ष ३८ का छविलाल पुलामी मगर गम्भिर घाईते भएका छन् । उनको जिल्ला अस्पताल धनकुटामा उपचार भैरहेको छ ।
अम्लिसो बाेकेर आएको ट्याक्टर टर्निङ्गमा मोडेर व्याग गर्ने क्रममा सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले वताएका छन् । ट्याक्टर जितपुर बजारबाट अम्लिसो भेला पार्न आईतबर बिहान याङ्गलावुङ्ग गएको थियो ।
































