क्यालिफोर्निया/ सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक एवं पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले राजीनामा दिएको छ । उनले आफ्नो ध्यान अरु नै काममा गर्न लागेको बताए ।
हाल ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृत समेत रहनुभएका विलियम्स सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।
विलियम्सले सन् २०११ मा ट्वीटर छाडेपनि अद्यापी कार्यसमितिका सदस्य थिए । सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरेका थिए ।
कम्पनी छाड्ने घोषणासम्बन्धी ट्वीटमा विलियम्सले ट्वीटरका संस्थापक साथी बिज स्टोन र कम्पनीका अरु साथीहरुलाई धन्यवाद दिए ।