धनकुटा/ धनकुटा नगरपािलका वडा नं.५ स्थित् माथिल्लो कोप्चे बजार सुन्तले र धनकुटा न.पा. वडा नं.३ कागते क्षेत्र हरियो रंगमा सजिएका छन ।
धनकुटा नगरपालिका वडा नं.५ स्थित माथिल्लो कोप्चे धनकुटाको पुरानो व्यापारिक चोक हो । दुई लाइनमा लाम्बद्ध माथिल्लो कोप्चेका १ सय ५० भन्दा बढी घर एकै रंगका छन् । सुन्तला गाउँको पहिचान जोगाउन यस्तो गरिएको माथिल्लो कोप्चे टोल विकास संस्थाका अध्यक्ष गोविन्द राईले बताएका छन् ।
दुई वर्ष अघिदेखि ‘ओरेन्ज सिटी’ बनाउने अभियान थालिएको थियो, जुन कामले एक वर्षभित्रै पूर्णता पाएको स्थानीयले बताए । बिहीबारे हाट तथा आठपहरिया जातिको धार्मिकस्थल मार्गाथानदेखि क्षेत्रीय संग्रहालय क्षेत्रभित्र समेटिएका सबै घर सुन्तले रंगका छन् ।
‘स्थानीयको सक्रियतामा सबै घरमा एउटै रंग लगाउने सहमति भएको छ,’ राईले भने, ‘पर्यटन आकर्षणका लागि यो महत्त्वपूर्ण हुँदैछ ।’ बस्ती सफाइ, वातावरणीय दृष्टिले सन्तुलन राख्ने तथा सामाजिक रूपमा टोलबासी बीच एम आपसमा सहकार्यजस्ता पक्षलाई समेत सँगै लगिएको स्थानी गोविन्दमान श्रेष्ठले बताए ।
सबै घरमा एकै रंगले रंगाएर आकर्षक बनाएको र वातावरणीय हिसाबले पनि टोललाई सफा राख्न सफल भएको भन्दै धनकुटा नगरपालिकाले आ.व.०७४/०७५ माथिल्लो कोप्चे टोल विकास संस्थालाई नमुनायोग्य कामका रूपमा एक लाख रुपैयाँ सहित सम्मान पत्रले पुरस्कृत समेत गरेको छ ।
एकै रंगले टोल रंगाउने अभियानले टोलको सामाजिक विकासमा सबै टोलबासीको एकताको शंदेश गएको श्रेष्ठले बताए । कुनै पनि सामाजिक काम गर्नु पर्यो भने पनि टोलका सवै सदस्य जुटेर साथ सहयोग गर्ने गरेको उनको अनुभव रहेको छ । धनकुटा नगरपालिका का वडा नं.५ मा आठपहरिया जातिको विशेष संरक्षण क्षेत्रको रुपमा रहेको सो टोलमा ८ सय १७ घरधुरी रहेको छ ।
यस वडामा सबै भन्दा बढी आठपहरिया समुदाय रहेका छन् भने दाश्रोमा नेवार समुदाय रहेका छन् । यस वडामा कृषि पर्यटकिय क्षेत्रहरु वडहरे, फज्लुक, खन्यूवास, देवानटार र बाल मन्दिरको तल्लो क्षेत्रहरु रहेका छन् । यस वडामा २ हजार, ८ सय ६८ कुल जनसंख्या रहेको छ ।
































