यासोक(पाँचथर)/ पाँचथरको सुख्खाग्रस्तक्षेत्र कुम्मायक गाउँपालिका संचालित तमोर लिफ्ट खानेपानी योजनाको काम गर्दै आएका ठेकेदार कम्पनीले भुक्तानी पाएका छन् ।
लामो समयदेखि योजनाको काम गर्दै आएको प्रेरास्वामी नारायण जभीले र कन्काई महादेव खिम्ति स्वामीनाराय जेभीले रकम पाएका हुन । निर्माण कम्पनीले योजनाको ४ करोड रुपैयाँ भुक्तानीका लागि सात महिना अघि बिल पेस गरेको थियो ।
संघीय संरचनाको कारण रकम भुक्तानी दिन नसकेको बिभागले ७ महिना पछि निर्माण कम्पनीलाई भुक्तानी दिएको हो । सरकारले ४ करोड रुपैयाँ निर्माण कम्पनीलाइ भुक्तानी दिएको छ । आयोजनाको प्रगति बिवरणको आधारमा निर्माण कम्पनीलाइ क्रमश भुक्तानी दिदै जाने डिविजन कार्यालय इलामले जनाएको छ । भुक्तानी पाएसँगै निर्माण कम्पनीले योजनाको काममा खटाएका श्रमिकलाई पैसा दिएको छ ।
आयोजनाको काम समयमै सम्पन्न गर्ने गरी काम अघि बढाएको निर्माण कम्पनीले योजनाको काम अघि बढाउन सहज भएको निर्माण व्यवसाही सन्तोश बस्नेतले बताए । लामो समयदेखि रकम नपाउँदा काम गर्न समस्या भएको थियो । भुक्तानी पाएपछि योजनाको काम सम्पन्न गर्न थप उज्र्जा मिलेको बस्नेतले बताए ।
कुम्मायक गाउँपालिकामा २०७२ सालबाट तमोर लिफ्ट खानेपानी योजनाको काम गर्दै आएको निर्माण कम्पनीले ९० प्रतिशत काम पूरा गरेको छ । भुक्तानी नपाउँदा योजनाको काम स्थगीत गरेको थियो । तर योजनाको काम स्थगित नगर्न भन्दै उपभोक्ता समितिले स्थानीयको जनश्रमदान बापतको २७ लाख रुपैयाँ दिएर काम लगाएको थियो ।
सुख्खाक्षेत्रका ३ हजार ४३ घरधुरीलाई लक्षित गर्दै योजनाको काम प्रेरास्वामी नारायण जेभी र कन्काइ महादेव खिम्ति स्वामीनारायण जभीले मुख्य पाइपलाइन र बितरण लाइनको काम गर्दै आएका छन । ५२ करोडको योजना मध्ये निर्माण कम्पनीले हालसम्म ६० प्रतिशत रकम भुक्तानी पाएका छन । योजना आगामी २०७६ सालसम्ममा सम्पन्न गर्ने निर्माण कम्पनीको लक्ष्य रहेको छ ।
भुक्तानी पाएसँगै निर्माण कम्पनीले योजनाको काममा जनसक्ति बढाएको छ ।
































