यासोक(पाँचथर)/ पाँचथरको कुम्मायक गाउँपालिकामा स्थानीय विजय धमलाले परिवारको स्मृतिमा इलाका प्रहरी कार्यालयमा प्रतिक्षालय निर्माण गरे । परिवारको स्मृतिमा २०७३ सालमा ५ लाख ५० हजारको लागतमा निर्माण गरेको प्रतिक्षालय भत्किए पनि पूननिर्माण गर्न समस्या भएको छ ।

भवनको आसपासमा सल्लाको रुख भएकाले दायाँवाँया सारेर भवन निर्माण गर्न चुनौती देखा परेको धमलाले सुनाए । परिवारको स्मृतिमा प्रतिक्षालय त बन्यो तर नजिकै रहेको सल्लाको रुख हावा चलेको समयमा हल्लिने गर्दा भवन भत्किएको हो ।

सोही स्थानमा भवन निर्माण गर्न सल्लाको रुख कटान गर्नु पर्ने हुन्छ । उक्त रुख सामुदायिक वन भित्र पर्ने भएपनि बनले स्विकृति दिदा समेत रुख कटान गर्न चुनौती देखा परेको हो ।
कार्यालयको चारै तर्फ संरचना निर्माण भएकाले रुख काट्दा ठुलो क्षती हुने भएकाले प्रतिक्षालय निर्माणमा समस्या देखा परेको इलाका प्रहरी कार्यालय यासोक प्रमुख सई दिपेन्द्रकुमार श्रेष्ठले जनाए ।

प्रतिक्षालय निर्माण सोही स्थानमा गर्दा रुखलाई कटान गर्नु पर्ने हुन्छ । त्यस्तो रुख कटान गर्दा क्षति नहुने गरी काम गर्ने बातावरण मिलाएर मात्रै काम गर्नुपर्छ श्रेष्ठले भने । अन्य स्थानमा निर्माण गर्दा ठुलो खर्च लाग्ने भएकाले सोही स्थानमा निर्माण गर्ने पक्षमा धमला परिवार देखिएको छ । इलाका प्रहरी कार्यालय यासोकमा स्थानीयले आफ्नो परिवाको स्मृतिमा मन्दिर र प्रतिक्षालय निर्माण गरेका छन । प्रहरी कर्मचारीलाई आवश्यक पर्ने भान्सा घर पनि स्थानीयले लाखौं रुपयाँ खर्च गरी निर्माण गरेका छन् ।