जिरोपोइन्ट/धरान प्रज्ञा प्रतिष्ठानले धरान उपमहानगरस्तरीय लोकनृत्य प्रतियोगित गर्ने भएको छ ।  प्रतिष्ठानले माघ २५ गते प्रतियोगिता गर्नेबारे बुधबार पत्रकार सम्मेलन गरी जनाइयो ।

सभागृहमा गर्न लागिएको प्रतियोगितामा धरानका नीजि तथा सामुदायिक विद्यालयहरूबीच र धरानका डान्स सेन्टरहरूबीच छुट्टाछुट्टै प्रतियोगिता गराउन लागेको सदस्य सचिव हर्कजित लिम्बूले बताए । नृत्यका लागि लोक गीतलाई मात्रै मान्यता दिइएको छ ।

फिल्मी गीतले मान्यता नपाउने प्रतिष्ठानका सदस्य गोपाल देवानले बताए । ताल, मौलिकता, हाउभाउ, प्रस्तुति र नृत्यको आधारमा विजयी छनौट गरिने छ । विद्यालय तथा डान्स सेन्टरका विजेताले जनही १५–१५ हजार रुपैयाँसहित ट्रफी पाउने छन् । दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले जनही नगद ५ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।