धरान / धरान उपमहानगरपालिका जस्तो विकसित शहरमा बस्ने महिलाहरुमा समेत पाठेघरको समस्या भएको पाइएको छ । जनचेतनाको अभावमा गाउँघरमा बढि पाठ्यघरका विमारी पाइने भए पनि धरान उपमहानगरको सुगम क्षेत्रमा पनि यस्ता समस्या देखिएको छ ।
धरान उपमहानगरपालिका वाड नं. १३ का स्थानीय महिलाहरुको स्वास्थ्य परिक्षणका लागि निशुल्क स्वास्थ्य शिविर संचालन गरेको थियो ।उक्त शिविरमा आउने अधिकांश महिलाहरुमा पाठेघर समस्या भएको पाइएको थियो ।
धरान उपमहानगरपालिका वाड नं. १३ को संयोजनामा शनिवार आयोजना गरिएको पाठेघरसम्बन्धी समस्याको निःशुल्क उपचारमा आएका अधिकांश महिलामा पाठेघरको कुनै न कुनै समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताए ।
शिविरमा चेकजाचमा आएका आएका अधिकांश महिलामा पाठेघर सम्बन्धी समस्या देखिएको उपचारमा संलग्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी स्त्रीरोग विशेषज्ञ डा. यशस्वी मनेनले जानकारी दिइन ।
जानकी सामुदायिक टोल विकास समितिले देउसी खेलेको संकलित रकमबाट धरान १३ को वडा कार्यालयमा आयोजना गरेको शिविरले विविधि कारणले अस्पतालसम्म पुग्न नसकेका महिलाहरुका लागि शिविर आयोजना गरेको समितिका अध्यक्ष दिलिपकुमार श्रेष्ठले जानकारी दिए । शिविरमा २ सय जना भन्दा बढी महिलाहरुले चेकजाच गराएका थिए । शिविरमा आएका अधिकांश महिलाहरुको योनीबाट सेतो पानी बग्ने, पिसाव चुहिने, तथा पाठेघर झर्ने समस्या भएको पाइएको चिकित्सकहरुको बताएका छन् । ५० भन्दा बढिलाई बीपी प्रतिष्ठानमा रेफर गरिएको छ ।
समितिले शिविरमा आएका महिलाहरुलाई निःशुल्क औषधिसमेत वितरण गरेको छ ।