धरान/ धरान उपमहानगरपालिका वडा नं. १४ का अनुज भट्टराई बेपत्ता छन् । सोमबार विहानदेखि बेपत्ता भएका उनी हालसम्म सम्पर्कमा आएका छैनन् । धरान उपमहानगरपालिका वडा न. १४ का वडाअध्यक्ष कृष्ण भट्टराइकाभाईसमेत रहेका उनी सोमबार विहान ८ बजे विराटनगर जान्छु भनी घरबाट हिडेका थिए ।
दिनभर घर नफिर्किएपछि खोजीका लागि दाजु वडा अध्यक्ष भट्टराईले इलाका प्रहरी कार्यालय धरानमा सोमबारै खोजीका लागि निवेदन दिएका थिए । कामपावतको भुक्तानी लिन विराटनगर गएका उनी सम्पर्क विहीन भएपछि वडा अध्यक्ष भट्टराइको टोली सोमबार देखि खोजी कार्यमा लागेका छन् ।
धरान धरानका युवा निर्माण व्यवसायी(ठेकेदार) समेत रहेका भट्टराईले केही समय अगाडि आविरल वर्षाका कारण भत्किएको धरान भेडेटर सडक खण्डको निशानेमा भत्किएको पहिरोको निर्माणको ठेक्का लिएका थिए ।
सोही ठेक्काको पेमेन्ट लिन विराटनगर गएका उनी सम्पर्क विहीन भएका हुन् । मोवाइलको टावरले काँकडभिट्टातर्फ लागेको देखाएपछि खोजीका लागि वडाअध्यक्ष भट्टराईसहित गएको टोलीले कांकडभिट्टामा रहेको सीमा सुरक्षा बललाई खबर गरेकाे वडा अध्यक्ष भट्टराईले बताए ।
उनले भने –‘भाई सम्पर्क विहीन भएपछि हामीले खोजी कार्यलाई जारी राखेका छौँ, अहिले हामी कांकटभिट्टामा छौँ, सीमा सुरक्षा बललाई खबर गरेका छाैँ ।’ उनले भने–विहानै घरबाट निस्किएको हो, अपहरणमा परेको भन्ने खुल्न सकेको छैन, हामी खोजी गर्दैछौँ ।’
































