धरान/ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषको सुनसरी क्षेत्र १ (क) को बजेट विनियोजन गरिएको छ ।
क्षेत्र नंं १ (क) बाट निर्वाचित प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको अध्यक्षतामा आइतबार बसेको समितिले माग भएका योजनालाई प्राथमिकीकरण गरेर बजेट विनियोजन गरेको हो । इनरुवामा सम्पन्न सांसद् र स्थानीय सरकारका प्रमुखको भेलामा प्राप्त मागका विषयमा छलफल भएको थियो ।
निर्देशक समितिको छलफल र परामर्श समितिको स’झावका आधारमा २ करोड बजेट विनियोजना गरिएको हो ।
सुनसरी १ (क) बाट प्रत्यक्ष निर्वाचित सभामुख भण्डारीका अनुसार १६ वटा योजनाहरूमा ५ लाखदेखि २५ लाखसम्म बजेट विनियोजन गरिएको छ । धरान १९ मुनामदन मार्गको ड्रेन तथा सडक निर्माण, धरान १३ को सूर्य मार्गमा कालोपत्रे, धरान–५ देउराली पथको ड्रेन निर्माणका लागि २५–२५ लाख विनियोजन गरिएको छ ।
यस्तै धरान १५ कृष्णपथ ड्रेन निर्माणमा २३ लाख, धरान–९ र १२ मा खहरे नियन्त्रणका लागि १२ लाख विनियोजन गरिएको छ । पानवारी–धरान जोड्ने सडकका लागि १० लाख विनियोजन गरिएको छ ।
उक्त कोषको बजेट स्थानीय तहले योजना बनाएर पूर्वाधार कार्यक्रममा मात्र खर्च गर्ने कार्यविधि नै बनेको छ । सम्बन्धित क्षेत्रका सांसद्, स्थानीय तहका प्रमुखको साझेदारीमा उक्त खर्च गर्ने प्रावधान अनुसार स’नसरी १ (क) ले आइतबार बजेट विनियोजन गरेको हो ।
सुनसरीमा ४ प्रतिनिधि र ८ प्रदेशसभा क्षेत्रमा विभाजित रहेको छ । प्रदेशको १ क्षेत्रबाट बजेट विनियोजन शुरु भएको हो । प्रतिनिधिसभा पूर्वाधार विकास कोषको बजेट भने यसअघि नै विनियोजन भइसकेको छ ।
































