तेह्रथुम/ आठराई गाउँपालिकाको सुख्खा ग्रस्त क्षेत्रका किसानहरूले राहत रकम पाएका छन् ।

प्रदेश सरकारको रू. २४ लाख ३० हजार रूपैयाँ र आठराई गाउँपालिकाको रू. १० लाख ४० हजार ४० रूपैयाँ गरि कुल रू. ३४ लाख ७० हजार ४० रुपैया रकम पाएका हुन् । आठराई गाउँपालिका वडा नं. ४ ,५ ,६ र ७ का सुख्या ग्रस्तवाट प्रभावित किसानहरुलाई राहत वितरण गरिएको छ ।

सुख्खा ग्रस्त क्षेत्रका ४ सय ८६ घरधुरीलाई प्रति घरधुरी रू. ७ हजार १ सय ४० रूपैयाँका दरले राहत रकम वितरण गरिएको बताइएको छ । यस्तै आठराई गाउँपालिकाको विपत व्यवस्थापन कोष अन्तर्गत आठराई गाउँपालिकामा रहेका असाय रोगी तथा विपतमा परेका नागरिकहरुलाई रू. ३ लाख ४५ हजार रुपैयाँ रकम राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष मान वहादर लिम्वुले बताए ।