तेह्रथुम/ जिल्लामै पहिलो पटक लालीगुराँस नगरपालिकाले नगरबस सञ्चालनको तयारी गरेको छ । नगरपालिकाका दुर्गम गाउँका नागरिकहरुलाई सेवा दिने उद्धेश्यले नगरपालिकाले नगरबस सञ्चालनको तयारी गरी रहेको मेयर अर्जनु माबोहाङले बताए । ग्रामिण क्षेत्रका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाले जिल्लामै पहिलो नगरबस सञ्चालनको तयारी गरेको जनाएको छ ।
यातायातको सुबिधाबाट बञ्चीत रहँदै आएका नगरक्षेत्रका नागरिकहरुलाई यात्रा गर्न सहजता सँगै स्थानीय स्तरमा उत्पादन भएको कृषीजन्य बस्तु बजार पुर्याउन समेत सहज मिल्ने भएको नगरपालिकाका प्रबक्ता देबेन्द्र खड्काले बताए । नगरपालिकाको आर्थिक वर्ष २०७४/७५ को नगरसभाले ४५ लाख बिनीयोजनसँगै बस सञ्चालनका लागी टेन्डर आवह्नन गर्ने तयारी भएको प्रवक्ता खड्काले बताएका छन् ।
नगरको दाँगपा, फुलेक, मुसङखेल, सुङनाम, सोल्माका दुर्गम गाउँहरुमा नगरबसले सेवा दिने भएको हो । यहाँका नागरिकहरु यातायातको सेवा लिनका निम्ती घण्टौ टाढाको बाटो पैदल हिडेर बस चढ्दै आउनु पर्ने समस्या अझै हटेको छैन ।
नगरको प्रत्येक वडाहरुमा यात्रु वाहक बसहरु सञ्चालन भए पनि दुर्गम गाउँमा यात्रु प्रयाप्त नपाएका कारण बस सञ्चालकहरु सेवा दिन हिच्कीच्याउने गरेको स्थानीयहरुले बताउने गरेका छन् । नागरिकहरुलाई सेवा दिने उदेश्यका साथ सञ्चालनको तयारी रहेको नगरबसले थोर बहुत भएपनि सेवा दिलाउने नगरपालिकाले जनाएको छ ।
नगरपालिका तथा वडा केन्द्रसम्म पुगेर सेवा लिन नसकेका यहाँका नागरिकहरुलाई भने नगरबस सञ्चालनले टेवा दिने भएको छ । गाउँमै सरकार भएको अनुभुती महसुस गराउन नगरपालिमा विकासका काम गर्न अहोरात्र लागि परेको मेयर माबोहाङले बताए ।
































