धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ३ मा पर्ने डुम्रमा शनिबार अपरान्हभएको ट्याक्टर दुर्घटनामा परी एक जनाको घटना स्थल मै मृत्यु भएको छ।
दुर्घटनामा सिराहाजिल्लाको कर्जन्नागाउँपालिका वडा न ५ घर भएका ट्याक्टर चालकअन्दाजी ३०वर्षिय सञ्जीवपासवानको घटनास्थलमा नै मृत्यु भएको जिल्लाप्रहरी कार्यालय धनकुटाले जनाएको छ।
सुनसरीको धरानबाट पाँचथरको तुम्मेवागाउँपालिका ३ माकाबेलीकरिडोरको सामानलिएर जादैँ गरेको को. २ त.७८५३ नम्बरको ट्याक्टर धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ३ डुमे्रमा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको जिल्लाप्रहरी प्रमुखसुरेन्द्र बहादुर गुरुङले जानकारी दिएका छन् ।
ट्याक्टरमाचालकमात्रै रहेको बताइएको छ ।
































