यासोक(पाँचथर)/ सडकमा दैनिक सानादेखि ठुला सवारी साधन हुईकीरहेका हुन्छन । सडक आसपासमा गोलियाको लस्कर छ । पाँचथरको फाल्गुनन्द र कुम्मायक गाउँपालिका जोड्ने उत्तरे-यासोक सडक खण्डमा दैनिक देखिने दृश्य हो यो ।

डेनमार्क सरकारको सहयोगमा उन्नती परियोजनाले सडकको स्तरउन्नती गरेसँगै यातायातमा सहज भएपनि व्यपारीको रवैयाका कारण सडक अस्तव्यस्त भएको हो । स्थानीय व्यपारीले निजि वनमा काटेका गोलियालाई सडकमै थुपार्ने गरेका कारण सवारी आवागमनमा समस्या देखिएको सवारी चालकहरुको गुनासो छ ।

सडकको स्तरउन्नतीसँगै दुईतर्फ सवारी साधन गुड्ने गरीको सडक निर्माण भएको छ । सडकको दायाँ बाँया गोलियाको लस्कर भएकाले दृर्घटनाको सम्भावना बढेर गएको फाल्गुनन्द-६ का भोला रिजालले सुनाए ।

‘गाडी गुढ्दा बाटो काट्नै मुस्कील पर्छ कुन बेला दृर्घटना हुने हो टुङ्गो छैन रिजालले भने । व्यपारीले गोलिया राख्ने ठाउँ सडकलाई बनाउँदा समस्या भएको हो । सडको दुबै साइटमा गोलिया राख्दा सडक साँगुरो भएको छ । भने स्थानीयले पशुचौपाय भारतमा बिक्रि गर्नका लागि सोही सडकबाट लौजाने गर्दा सडको अवस्था भद्रगोल हुने गरेको स्थानीयवासी बताउँछन् ।

उत्तरे-यासोक १६ किलोमिटर सडक खण्डमा अव्यवस्थीत रुपमा गोलिया राखेको पाइएको छ । व्यापारीले राखेको गोलिया व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान नदिदा यस्तो समस्या देखा परेको हो । गाउँपालिकाले यस अघि नै सुचना जारी गरि सडक आसपासमा गोलिया नराख्न निर्देशन दिएपनि सार्थक पहल नहुदा समस्या देखा परेको हो ।

यता गाउँपालिका अध्यक्ष अमरकुमार नेम्बाङले सडकको मापडण्ढ मिचेर अनाधिकृत गोलिया राख्ने व्यवसाहीलाई कारवाहीको दायरामा ल्याउने बताए । उनले, गाउँपालिकाले सडक क्षेत्रमा असर पर्ने गरी गोलिया नराख्न सुचना जारी गर्दा समेत व्यवसाही अटेरी बनेको भन्दै यस विषयमा चाडै गाउँपालिकाले कदम चाल्ने बताए ।

उत्तरे यासोक सडक खण्ड मात्र नभई अन्य स्थानमा समेत यस्तो प्रवृद्धिको बिकाश भएकाले यस्तो बिकृतिलाई रोक्न वडा कार्यालयलाई पनि निर्देशन दिने विषयमा समेत जोड दिए । दैनिक उपभोग्य बस्तुको आयात निर्यातमा उत्तरे यासोक सडक खण्डले ठुलो भुमिका खेलेको छ ।

सडकको स्तरउन्नतिसँगै जिल्लाको कुम्मायक र फाल्गुनन्द गाउँपालिकाका कृषकको जीवन शैलिमा सुधार देखिएको छ । तर सडक जस्तो साझा सम्पतीलाई असर पार्ने गरी विभिन्न कृयाकलाप गर्दा सम्बन्धित निकायले बेलैमा ध्यान दिनु पर्ने सरोकारवालाको भनाई छ ।