धरान /  मिस पूर्वाञ्चल २०१८ का प्रतियोगीहरुले बुधबार बिराटचोकमा रहेको पूर्वाञ्चल लुब्रिकेन्ट्सको कारखाना तथा कार्यालय भ्रमणमा गरेका छन् ।
पूर्वाञ्चल लुब्रिकेन्ट्स९पिएलओ ०को कारखानाको बारेमा जानकारी दिदै कम्पनीका आकाश दुलालले सम्पूर्ण प्रतियोगिलाई कम्पनिको कारखानाको अवलोकन गराएका थिए ।
देशकै उचतम कर तिर्दै आएको अग्रणी लुब्रिकेंट कम्पनि पीएलओमा काम गर्ने सम्पर्ण कर्मचारी तथा मजदुरहरुको साथ् सहयोग नै आफ्नो सफलताको राज भएको र सानो ठुलो नभनी मिलेर कुनै काममा लागे त्यो अवस्य सफल हुने र स्वदेसी उधोग सफल भए देशको पनि बिकाश हुने बताए । स्वदेसी ब्रान्डलाइ जहिले पनि हामीले सपोर्ट गर्नुपर्ने उनले बताए । पी एल ओका म्यनेजिंग डाइरेक्टर भोलेस्वर दुलालले सम्पूर्ण प्रतियोगीहरुलाई जीतको शुभकामना दिए । एक जना बिजेताले जित्छन तर बाँकी नजित्नेहरुले पनि केही शिक्षा लिएर जानु नै उसको जीत भएके उनल बताए । प्रतियागीहरुलाई त्यहाँकाे व्यवस्थापनबारे जानकारी गराइएकाे थिए ।

PLO9