तेह्रथुम/जिल्लामा शव वाहन नहुदा नागरिकहरुलाई सास्ती हुने गरेको छ । जिल्ला अस्पतालमा मात्र हैन जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुदा निजि सवारी साधनले समेत शव बोक्न नमान्दा नागरिकहरुलाई समस्या हुने गरेको हो ।

शव वाहन नहुदा जिल्लावासीले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा महगो भाडा तिरेर ट्याक्टरमा शव बोक्ने गरेका छन् । स्थानीय तहहरुले महङगो मुल्यमा आफ्नो सुबिधाका लागि सवारी साधन खरिद गरे पनि नागरिकहरुलाई दुःख पर्दा चाहिने शव वाहान किन्नका लागि कसैले चासो नदेखाएको स्थानीयबासी निर्मल ढुंगानाले बताए ।

‘जिल्लामा जनप्रतिनिधि आएपछि अहिले सम्ममा करिव ७ करोडका सवारी साधन खरिद गरे तर शव वाहान किन्न चासो कसैले देखाएनन् ।’ उनले भने । जनताको सेवा गर्छु भनेर निर्बाचित भएका जनप्रतिनिधीहरुले आफ्नो सेवासुबिधाका लागि लाखौ खर्चेर गाडी खरिद गरे पनि नागरिकका लागि चाहिने शव वाहान खरिद नगर्दा समस्या भएको अर्का स्थानीयवासी डिल्ली रेग्मीले बताए ।

स्थानीय सरकारले यस बारे चासो दिनु पर्ने भए पनि अहिले सम्म २ नगरपालिका र ४ गाउपालिकाले समेत शव वाहन खरिदका लागि चासो नदिएको जिल्ला अस्पतालका डाक्टर आनन्द देबले बताए । उनले भने मआएको १ महिना मात्र भयो तर शव वाहान छैन भन्ने थाहा पाएपछि तुरुन्त प्रदेश सरकारलाई लेखेर पठाएको छु ।  शव वाहान अनिवार्य भएको डा. देवको भनाई छ ।

जिल्लाका विभिन्न बस्तीहरुमा सडक सञ्जाल पुगे पनि यहाँ सञ्चालन हुने सवारी साधनले शव बोक्न नमान्ने र बोक्ने सवारीसाधनले भने चर्को मुल्य लिने गरेका छन् । शव अन्तयेष्टीको लागि मात्र हैन भबितव्य भएर मृत्यु भएकाहरुको शवलाई पोष्टमार्टम गर्न लैजानका लागि समेत वाहन चाहिन्छ ।

शव वाहन खरिदका लागि स्थानीय सरकारको ध्यान जानुपर्ने जिल्लाबासीले माग गरेका छन् ।

स्थानीय सरकारले शव खरिद गरिदिए देखि जिल्लावासीलाई सजिलो हुने र आफुले म्याङलुङ्ग नगरपाकिकासँग कुरा राख्ने स्थानीयवासी तारा श्रेष्ठले बताए । उनले भने एम्वुलेन्स, दमकल जस्तै शव वाहन पनि अनिवार्य हुन्छ ।