धरान/ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा आइतबार दिउँसो फेरी झडप भएको छ । गाडीले दुवै खुट्टा किचेर सुनसरीको प्रकाशपुरबाट उपचार गर्न ल्याइएका करिब ८५ बर्षीय वृद्ध लिलाबहादुर काफ्लेको उपचारको क्रममा मृत्यु भएको बिषयमा विवाद हुदा आफन्त र सुरक्षा गार्डविच झडप भएको हो । झडपले प्रतिष्ठानको आकस्मिक कक्ष दुई घण्टा तनावपूर्ण बनेको थियो ।

मृतकका आफन्त मोहन खड्काका अनुसार बुबाको निधन भएपछि छोरा रोइरहदा गार्डहरुले जर्बजस्ती तानेर बाहिर निकाल्न थालेको र मृृतकको तस्बिर खिच्दा गार्डले खोसर लगेपछि तनावको प्रत्यक्षदर्शीले जनाएका छन् । दुवै खुट्टा गाडीले किचेको कारण अत्यधिक रक्तस्राव हुदा पनि त्यसलाई रोक्न र अप्रेशन गर्न डाक्टरहरुले चासो नदिदा बुबाको मृत्यु भएको छोरा बिक्रमले आरोप लगाए ।