धरान । मिस वल्र्डमा नेपालबाट प्रतिनिधित्व गरेकी शृङ्खला खतिवडाले तयार पारेको ‘व्यूटी वीथ प्रपोज’ का लागि तयार पारेको भिडियो प्रस्तुत गरिएको छ ।

नेपाली ठेट भाकाको उक्त भिडियो प्रस्तुत गरेसँगै गुञ्जयमान हल शान्त बनेको थियो । व्यूटी वीथ प्रपोजमा उनले गरेका सामाजिक कार्यहरूलाई कलात्मक ढङ्गबाट प्रस्तुत गरिएको थियो । भिडियोको सहयोगले नै उनले मिस वल्र्डमा व्यूटी वीथ प्रपोज टाइटलसमेत जितेकी छन् ।

चीनको सान्यामा जारी मिस वल्र्डमा नेपालको तर्फबाटल उनले पहिलो पटक व्यूटी वीथ प्रपोज टाइटल जित्न सफल भइन् । नेपाली समयअनुसार अपरान्ह ४ः४५ बजेबाट कार्यक्रम शुरू भएको छ । प्रतियोगिता मिस वल्र्डको आधिकारिक वेव साइटबाट पनि हेर्न सकिने उनले जानकारी दिइन् ।

फाइलन प्रतियोगिता हेर्नका लागि अनलाइनमा एक भ्यूबराबर एक डलर तिर्नुपर्ने प्रावधान छ । उनले फेसबुक वालमा लेखेकी छन्, ‘यो १ डलरको माध्यमबाट प्रत्यक्ष प्रशारणको समयमा मेरो लागि मतदान गर्न सक्नुहुनेछ ।’ उनले थप भनेकी छन्, ‘मेरा लागि प्रार्थना गरिदिनुहोस्, मलाई आशा छ म तपाईंहरू सबैलाई गर्वान्वित बनाउने छु ।’

लाइभ भिडियाे