पाँचथर /  मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम–३, लालीखर्कमा बुधबार मोटरसाइकलको ठक्कर दिंदा एक पैदलयात्रीको मृत्यु भएको छ । बिर्तामोडदेखि फिदिमतर्फ आउँदै गरेको बा ९५ प ९३१९ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय ४५ बर्षिया बिमलाकुमारी राई गम्भिर घाइते भएकी थिइन । उनलाई फिदिमस्थित पाथीभरा अस्पताल ल्याइएकोमा अस्पतालले बिर्तामोडस्थित बी.एण्ड सी अस्पताल रेफर गरी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक पाँचथर हिलिहाङ–६, का २२ बर्षिय सोनम लिम्बू प्रहरी नियन्त्रणमा छन् भने पछाडी संगम योङहाङसमेत घाइते भई फिदिमस्थित पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।