इटहरी / इटहरीका पुराना कम्युनिष्ट नेता तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टका पिता केवलमान विष्टको निधन भएको छ । पछिल्लो समय जेष्ठनागरिकको हक हितका क्षेत्रमा क्रियाशिल केवलमान विष्टको आईतबार साँझ मृत्यु भएको हो । उनको सोमाबार विहान अन्तेष्टी गरिएको छ ।
खुट्टा वाउडिने समस्या भएपछि केही समय देखि घरमै आराम गरिरहेका थिए । उनको सोमबारे बुढीगंगा मुक्तिघाटमा दाहसंस्कार गरिएको छ । ज्येष्ठ नागरिक समाज इटहरीका संस्थापक अध्यक्षसमेत रहेका विष्ट इटहरीका पुराने बासिन्दा पनि हुन । इटहरीका पुराना कम्युनिष्ट नेता केवलमानका तीन छोरा रहेको परिवारिक श्रोतले जनाएको छ ।