विजयपुर / धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ्ग कलजेका विद्यार्थीहरुले पनि विरोध  -यालीको आयोजना गरेका छन् । विद्यार्थीहरुको छाता संगठन स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चल क्याम्पसको अगुवाईमा निकालेको ¥याली बरगाछी, आचार्य लाइन हुदै धरान उपमहानगरपालिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।
उनीहरुले ¥यालीमा सरकार विरुद्ध नारावाजी गरेका थिए । निर्मलाको बलात्कारपछि हत्या गरिएको ४ महिना वितिसक्दा पनि दोषी कानुनको कठघरामा आउनुको साटो उल्टै खुलेआमा हिडेको, घट्नाको प्रमाण नष्ट गर्ने काम गरेकोलगायतका गैरजिम्मेवारी काम भएको भन्दै विराध स्वरुप ¥यालीको आयोजना गरिएको स्ववियु सहसचिव युकेश गौतमले बताए ।
यसैगरी पूर्वाञ्चल क्याम्पसकै नेविसंघले भने छुट्टै विरोध ¥यालीको आयोजना गरेको थियो । उनीहरुले भने क्याम्पसबाट निकालेको ¥याली भानुचौकमा कोणसभाका आयोजना गरेका थिए । तस्विरः उपेन्द्र