झापा / झापाको बिर्तामोड १० स्थित एक घरमा आगो लागेका कारण २ लाख बराबरको क्षती भएको छ। स्थानीय पूर्णबहादुर बिकको घरमा राती करिव ९ बजे आगो लाग्दा घर सहित चौपायाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टुकी बत्तीबाट आगो सल्किएको र सो आगोले घरमा पूर्ण क्षती गरि घर जेउमै पालीएका चौपायाको पनि मृत्यू भएको प्रहरीले जनाएको छ । बिकको घर, बंगुर र गोरु एक/एक वटा र ६ वटा कुखुरामा क्षती भएको प्रहरीको भनाई छ । घरमा आगोलागेपछि स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा रातको ९:५० मा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरबाट बिस्थापीत बनेको बिक परिवार अहिले छिमेकीकहाँ शरण लिएर बसेको प्रहरीले जनाएको छ ।