फत्तेपुर / सप्तरीको सप्तकोसी नगरपालिका १ फत्तेपुरमा फत्तेपुर प्रहरी चौकीले घरेलु मदिरा नस्ट गरेको छ। सप्तकोसीको फत्तेपुर,बलार्दह,भगनी लगायतका स्थान विभिन्न मितिमा प्रहरी गस्तिको क्रममा बरामद गरिएको एक सय लिटर घरेलु मदिरा (रक्सि( प्रहरीले स्थानीयको रोबहरमा फत्तेपुरको नहर पोखेर नस्ट गरेको फत्तेपुर चौकीका सइ उमाशंकर सिंहले जानकारी दिए ।

उनका अनुसार अबैध रुपमा घरेलु रक्सी उदयपुर र सप्तकोसीबाट कंचनरुप नगरपालिकाको विभिन्न स्थानमा लगेर बिक्रीवितरण गरिने भएकोले प्रहरीले गस्तीको क्रममा समातेर नस्ट गर्ने गरेको छ।