Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /समाज
समाज

खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन

खरको छानामा आगो नलाग्ने प्रविधिको विकास

र रासस मंसिर १४, २०७५ ३ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन

ललितपुर । खरको छानामा मट्टितेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईँलाई अपत्यारिलो लाग्न सक्छ । तर यो सत्य हो । 

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने प्रविधिको विकास गरेको छ । यो प्रविधिको प्रयोगबाट खरको छाना भएका घरलाई आगोबाट बचाउन सकिन्छ । नास्टले केही वर्षदेखि गरिरहेको अध्ययनमा स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट खरको छाना भएका घरलाई आगोबाट सुरक्षित बनाउन सकिने पाइएको हो । 

खर, माटो र छाना छोपिनेजति प्लाष्टिकको प्रयोग गरेर घरलाई आगोबाट सुरक्षित गर्न सकिने नास्ट प्रविधि सङ्कायका प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । 

“खर र माटो स्थानीयस्तरमा नै उपलब्ध छ, रु एक हजार ५०० देखि रु दुई हजारसम्म प्लास्टिकमा खर्च गरेपछि घरलाई सुरक्षित बनाउन सकिन्छ”, उनले भने, “खरले छाइसकेपछि त्यसको बाहिरबाट माटोले लिप्सने र त्यस बाहिर प्लास्टिक हाल्दा आगो लाग्न पाउँदैन ।” प्रमुख ढकालले “यो प्रविधि गाउँगाउँमा पुर्याएर गरीब बस्तीलाई जोगाउनुपर्छ” । 

अध्ययन र अनुसन्धानबाट सफल देखिएकोे यो प्रविधिलाई नास्टले समुदायमा हस्तान्तरणसमेत गर्न थालेको छ । यो प्रविधिको उपयोग र आगोबाट बस्ती जोगाउनका लागि नागरिकलाई जागरुक बनाउने उद्देश्यले मुलुकका विभिन्न २० ठाउँमा यस सम्बन्धी कार्यशाला गरिसकेको प्रमुख ढकालले बताए । 

रौतहट, सिराहालगायत जिल्लाका मुसहर बस्तीमा यो प्रविधि प्रयोग गरेर देखाइसकेको छ । खरको छाना भएका बस्तीमा यो कार्यक्रम फैलाउँदै जाने योजना नास्टको छ । 

नास्टले विकास गरेको अरु प्रविधि जस्तै यो प्रविधि देख्दा स्थानीयवासीलगायत सबै जना अचम्ममा पर्छन् । सम्बन्धीत स्थानीय प्रशासनले पनि चासो देखाएर यो प्रविधिलाई गाउँबस्तीसम्म लैजानुपर्ने र यसका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर नास्टका प्रतिनिधि फर्किएपछि त्यसमा तदारुकता नदेखाएको प्रमुख ढकालको अनुभव छ । उनले भने, “देख्नासाथ जादु जस्तो मानेर गरिहाल्छु भने धेरै छन् तर प्रविधिलाई आत्मसात् गर्नेको सङ्ख्या कम छन् ।” 

देश सङ्घीयतामा गएपछि स्थानीय सरकारले धेरै अधिकार पाएको छ । स्थानीय सरकारले नै यो प्रविधि ग्रामीण बस्तीमा पु¥याउन सक्ने उहाँले बताउनुभयो । उनले भने, “स्थानीयवासीलाई केही रकम आर्थिक सहयोग वा प्लास्टिक अनुदान दिँदा यो प्रविधि विपन्न वर्गले अपनाउँन सक्छन् ।” 

एकातिर पक्की घर निर्माण बढ्ने र अर्कातिर माटोको घरमा पनि जस्ताको छानाको प्रयोग बढ्दै जाँदा नेपालमा खरको छानाको प्रयोग क्रमशः कम हुँदै गइरहेको छ । तराईका अति विपन्न परिवारले मात्रै खरको छाना हाल्ने गर्छन् । उनीहरुसँग प्लास्टिक किन्नसमेत पैसा नहुँदा स्थानीय सरकारले सहयोग गर्नुपर्ने नास्टको भनाइ छ । 

कतिपय स्थानमा कार्यशाला हुँदा जनप्रतिनिधिले चासो नदिएको गुणासो प्रमुख ढकालको छ । आफूले नयाँ काम थाल्दा आफैँले जस पाउने भए पनि अरुले गर्दा जस नपाउने चिन्ता राजनीतिमा संलग्नलाई हुन्छ, उनले भने, “राजनीति गर्ने मान्छेले साँच्चै जनताका बारेमा विचार गर्ने हो भने यो प्रविधि शुरु गरेर विपन्न वर्गलाई संरक्षण गर्नैपर्छ ।” 

नास्टले विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएको छ । सफल भएको प्रविधि स्थानीयस्तरमा हस्तान्तरणसमेत गर्दै आएको छ । अहिले नास्टले स्थानीय सरकारसँगको सहकार्यमा जोड दिएको छ । 
––– 

 

 

 

 

 

 

 

 

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

चक्रवात ‘अर्नब’को प्रभावः भारी वर्षा र हिमपातको चेतावनी
कार्तिक १३, २०८३
डुङ्गा दुर्घटनाका मृतकका परिवारलाई किरिया खर्च
कार्तिक १३, २०८३
आजको राशिफलः २०८३ साल कात्तिक १३ गते शुक्रबार
कार्तिक १३, २०८३
छापा संस्करण [ePaper]
  1. चक्रवात ‘अर्नब’को प्रभावः भारी वर्षा र हिमपातको चेतावनी
    कार्तिक १३, २०८३
  2. डुङ्गा दुर्घटनाका मृतकका परिवारलाई किरिया खर्च
    कार्तिक १३, २०८३
  3. आजको राशिफलः २०८३ साल कात्तिक १३ गते शुक्रबार
    कार्तिक १३, २०८३
  4. भन्सार छलीका सामान बरामद
    कार्तिक १३, २०८३
  5. पाख्रीबास बजारमा जुवातास खेलिरहेका ११ जना व्यक्ति पक्राउ
    कार्तिक १२, २०८३
  6. क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य
    कार्तिक १२, २०८३
  7. मिनी ट्रकसहित १० लाखको भन्सार छलीका सामान बरामद
    कार्तिक १२, २०८३
  8. मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रशासनद्वारा सुरक्षा कार्ययोजना पुनरावलोकन
    कार्तिक १२, २०८३
  9. आधुनिकतासँगै हराउँदै काठका सामग्रीको चलन
    कार्तिक १२, २०८३
  10. खानाको निम्तो दिएर व्यापारी गुप्ताको हत्या
    कार्तिक १२, २०८३
  11. राजीनामाबाट अपराध ढाकछोप हुनुहुँदैन
    कार्तिक १२, २०८३
  12. आजको राशिफलः २०८३ साल कात्तिक १२ गते बिहीबार
    कार्तिक १२, २०८३
  13. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    कार्तिक ११, २०८३
  14. झापामा गोली हानेर २ जना लागूऔषध कारोबारी पक्राउ
    कार्तिक ११, २०८३
  15. बीपीको हाडजोर्नी विभागको प्लास्टर कोठाका लागि एसी सहयोग
    कार्तिक ११, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड