यासोक/पाँचथर । पाँचथरका बिभिन्न गाउँपालिकाहरुले सेवा सुबिधालाई चुस्तदरुुस्त बनाउँन विद्युतीय हाजिरी सेवा संचालनमा ल्याएका छन । कर्मचारीलाई आफ्नो सेवा प्रति उत्तरदायी बनाउन गाउँपालिकाले विद्युतीय हाजिरी सेवा संचालनमा ल्याएका हुन । जिल्लाको तुम्बेवा गाउँपालिकमा पनि बिद्युतीय हाजिरी सेवा बिहिबारबाट संचालनमा आएको छ । गाउँपालिका कार्यालय वडा कार्यालय र स्वास्थ्य चौकी गरी ८ शाखा कार्यालयमा ८ वटा बिद्युतीय हाजिरी मेसिन जडान गरिएको हो ।

त्यसै गरी पालिका अन्तरगर्तका ६ वटा मावि र ८ वटा निमावि गरी १४ वटा बिद्यालयमा समेत जडान गरिएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । गाउँपालिकाको सुशासन, पार्दर्शिता र बिकाशका लागि यो प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने थापाले बताए ।

गाउँपालिकाले यो प्रविधिलाई बाँकी रहेका अन्य बिद्यालयमा क्रमश जडान गर्दै लाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र दाहालले बताए । गाउँपालिकामा बिद्युत बिस्तार नहुदा समस्या भोग्दै आएको गाउँपालिकाले सौर्य उर्जाबाट बिद्युतीय हाजिरी सेवालाई संचालनमा ल्याएको हो ।

बिद्युतीय हाजिरी सेवा संचालनको लागि गाउँपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा ५ लाख रुपैयाँ बिनियोजन गरेको थियो । सोही रकमबाट बिद्युतीय हाजिरी जडान गरिएको गाउँपालिकाले जनाएको छ ।