उर्लाबारी / उर्लाबारी–५ ले वडाका महिलाहरूलाई आत्मनिर्भर तथा उद्यमी बनाउन सीपमुलक तालिम दिने भएको छ ।

सोमबार वडाध्यक्ष भानुभक्त शर्मा पराजुलीको अध्यक्षतामा भएको सरोकारवालाहरूसँगको छलफलले उद्यमशील महिला नगर समिति उर्लाबारीको संयोजकत्वमा तालिम उपभोक्ता समिति गठन गरेको छ ।

समितिको सचिवमा धनमया लिम्बू, कोषाध्यक्षमा यशोदा ढुङ्गाना, सदस्यहरूमा गङ्गा आचार्य, अनिता अधिकारी र सीता परियार छन् ।

तालिमको अनुगमनका लागि वडा सदस्य देवीकला राईको संयोकत्वमा पाँच सदस्यीय अनुगमन समितिसमेत गठन गरिएको छ । भेलाले वडाका महिलाहरूलाई अचार, जुुस तथा जाम बनाउने तालिम प्रदान गरी महिलाहरूलाई आत्मनिर्भर बनाउने योजनाअनुसार तालिमको आयोजना गरिएको अध्यक्ष शर्माले बताए ।

तालिमका लागि वडाले नगर कार्यपालिकामार्फत् १ लाख ५० हजार बजेट विनियोजन गरेको छ । तालिम मङ्सिर महिनामै सम्पन्न गर्ने अनुगमन संयोजक राईले बताइन् ।