चक्रघट्टी /वराहक्षेत्रकी अपाङ्ग बालिका बलात्कारको शिकारमा परेकी छन् ।

वराहक्षेत्र नगरपालिका–३ का उमेश विष्टले बलात्कार गरी फरार भएको प्रहरीले जनाएको छ । पीडित बालिकाको मुख थुनेर विष्टले रातको समयमा बलात्कार गरेको पीडितले जनाएकी छन् । पिडितकी भाउजुले घटनाबारे प्रहरीलाई जानकारी गराएकी थिइन् ।

शनिबार पीडित परिवारले इलाका प्रहरी कार्यालय चक्रघट्टीमा उजुरी दिएका छन् ।

घटना बिहीबार रातिको हो । फरार विष्टको खोजी कार्य जारी रहेको जनाएको छ । पीडित बालिका दाजुभाउजुसँग बस्दै आएकी छन् । घटनाबारे सबैतिर थाहा पाइसकेका कारणले पनि उनी अहिले स्कुल जान नसक्ने अवस्थामा पुगेकी छन् ।