धरान/  स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड बजेट सुनसरी निर्वाचन क्षेत्र नं १ मा विभिन्न २० योजना छनौट गरिएको छ । प्रत्यक्ष निवार्चित सांसद जयकुमार राई संयोजक रहेको उक्त कार्यक्रमको शुक्रबार बैठक बसेको थियो । उत्त बैठकले  २० वटा योजनाहरु छनौट गरेको छ । साझेदारी कार्यक्रमको सुनसरीका ४ वटै निर्वाचन क्षेत्रको बैठक बसेर शुक्रबार योजना छनौट गरिएको सांसद राईले जानकारी दिए । प्रत्येक निर्वाचन क्षेत्रको लागि ४ करोड बजेट हुन्छ । त्यसको संयोजक प्रत्यक्ष निवार्चिंत संघीय सांसद हुन्छन् । सांसद राईका अनुसार पूर्वाधार विकासमा केन्द्रीत योजनाहरु बढी छनौट गरिएको छ । सडक विस्तारसँगै व्यापारिक केन्द्र धरान सुस्ताएको भन्दै उनले छिमेकी जिल्ला र सहरहरुसँग सडक सञ्जालबाट जोडेर पुरानो व्यापारिक साख फर्काउने आफ्नो उद्देश्य रहेको पनि सांसद राईले बताए । सुनसरी क्षेत्र १ को प्रमुख सहर धरानलाई चारैतिरबाट सडक सञ्जालबाट जोड्ने, पुल निर्माण गर्नेलगायत पूर्वाधार विकासमा जोडदिएको छ

उनले धरान उपमहानगरपालिकाको ुशिक्षा स्वास्थ्य, पर्यटन र व्यापारिक पूर्वाधार, बहुसांस्कृतिक आवसीय सम्वृद्ध शहर’ नारालाई साकार पार्न सोही अनुरुप बजेट विनियोज गरेको बताए । धरानसँगै छिमेकी गाउँपालिका र नगरपालिकाहरुसँग सम्बन्ध जोड्न सडक, पुल निर्माणका लागि प्राथमिकतामा राखिएको राईले बताए । निर्वाचन क्षेत्र नं १ मा धरान उपमहानगरपालिकाका, साविक भरौल, साविक बक्लौरी र साविक बराहक्षेत्र गाविस पर्छ ।

के हो स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सरकारले प्रत्येक क्षेत्रमा ४ करोड बजेट सांसदले खर्च गर्न पाउने गरि बजेट बनाएको छ । उक्त बजेट खर्च गर्न भने सांसद एक्लैले पाउदैन । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत कार्यविधि बनाएर बजेट वितरण गरिएको छ । कार्यक्रमको संयोजक प्रत्यक्ष निर्वाचित सांसद रहन्छन् । क्षेत्र नं। १ को संयोजक राई रहेको छन् । समितिमा स्थानीय तहका प्रमुख, संघीय सांसद, प्रदेश सांसद, जिल्ला समन्वय समितिका अध्यक्ष रहेका हुन्छ् । उनीहरुको प्रत्यक्ष निगरानीमा बजेट विनियोजन गरि सोही अनुरुप बाढफाढ गरिएको हुन्छ । सुनसरी क्षेत्र नं। १ मा यसरी योजना छनौट गरिएको छ ।

 छनौट भएका योजनाहरु १  धरान–६ मा सरस्वती मावि। उत्तर झोलुगे पुलसम्मको बाटो स्तरोन्नतीको लागी– ५० लाख । २  धरान–५ मा बगरकोट पुलदेखि प्रगतीमार्ग हुदै दक्षिण जाने बाटो स्तरोन्नती २० लाख । ३ धरान–४ मा लालस्वर मार्ग स्तरोन्नतीको लागी १० लाख । ४  धरान–३ मा भृकुटी पाखा बाटो निर्माणको लागी १० लाख । ५  धरान–१५ मा देउराली पथ सडक निर्माणको लागी ३० लाख । ६  धरान–५ मा नेपाल विश्वकर्मा युवा मञ्चको भवन निर्माणका लागी १० लाख । ७  धरान–८ मा तिन ढुवाङे भौरी खोला नियन्त्रणको लागी २० लाख । ८  धरान–१९ मा दीपेन्द्र मार्ग बालकचोक कालोको लागी २० लाख । ९  धरान–८ मा ईस्लामिक कब्रस्तान घेराबाराको लागी १० लाख । १०  धरान–१३ मा बिपी पार्क निर्माणका लागी २० लाख । ११  बराहक्षेत्र–३ मा नडाहादेखि धरान–१७ सम्म सडकको स्तरोन्नतीको लागी ५० लाख । १२  धरान–१७ मा उदयमार्गमा नाला निर्माणको लागी २० लाख । १३ धरान–१६ मा सिमानाटोल खहरे नियन्त्रणका लागी १० लाख । १४  धरान–२० मा सानो खैरे बाटो निर्माणको लागी १० लाख । १५  धरान–१७ मा ज्वालामुखि माविको खानेपानी ट्याङ्की निर्माणका लागी १० लाख । १६ बराहक्षेत्र–१ मा कटहरे चियावारी अग्नि नियन्त्रण बाटो निर्माणको लागी १० लाख । १७ बराहक्षेत्र–२ मा तोरिवारी खानेपानी भित्रको खोला नियन्त्रणको लागी १० लाख । १८ बराहक्षेत्र–२ युवा बिकास भवन ९जिमहल० निर्माणको लागी २० लाख । १९ रामधुनि–७ पञ्चायन वर पिपल चौकबाट धरान–१९ चौकिवारी जोड्ने बाटो निर्माणको लागी ४० लाख । २०० धरान–११ मा सगरमाथा टोल ड्रेन निर्माणको लागी २० लाख ।