शुक्रबार शुरु भएको भोजपुर उद्योग वाणिज्य संघको १० औ साधारण सभामा २ प्यानलबीच तीब्र प्रतिस्पर्धा हुने भएकोे छ ।

चुनावी प्रतिस्पर्धामा वर्तमान वरिष्ठ उपाध्यक्ष धुव्रलाल श्रेष्ठको प्यानल र समितीका सल्लाहकार रामचन्द्र श्रेष्ठको प्यानलबीच प्रतिस्पर्धा हुने भएको हो ।

धुव्रलालको प्यानलमा प्रथम उपाध्यक्षमा कर्ण बहादुर मोक्तान , दोश्रो उपाध्यक्षमा निरकुमार विश्वकर्माले उमेरदवारी दिने भएका छन् ।

महासचिवमा शिवचन्द्र राई, सचिवमा नारायण श्रेष्ठ र कोषध्यक्षमा प्रवीण सुवालले उम्मेदवारी दिने तयारी रहेको अध्यक्षका प्रत्यासी धुव्रलाल श्रेष्ठले बताए ।

यता रामचन्द्र श्रेष्ठ प्यानलको प्रथम उपाध्यक्षमा फविन्द्र प्रधान , दोश्रो उपाध्यक्षमा किशोर श्रेष्ठले उमेरदवारी दिने भएका छन् ।

महासचिवमा भने नविन प्रधानको नाम सिफारिस भएको छ । ,सचिवमा विन्द्रकुमार राई र कोषध्यक्षमा सुमन प्रधानले उमेरदवारी दिने रामचन्द्र श्रेष्ठ प्यानलको प्रथम उपाध्यक्षमा फविन्द्र प्रधानले जानकारी दिए ।

१३ सय ५० सदस्य रहेको भोजपुर उद्योग वाणिज्य संघमा ६ सय ८९ जना उद्योगी व्यावसायीले सदस्यता नविकरण गरेका छन् ।

कडा प्रतिस्पर्धाका साथ हुने संघको निर्वाचन भने शनिवार विहान १० बजे देखी शुरु हुने संघका अध्यक्ष डम्बर श्रेष्ठले बताए । संघको कार्य समितिको कार्यकाल ३ वर्षको रहनेछ ।