भोजपुर/सङ्घीय सांसद सुदन किरातीले किसानले उप्पादन गरेका तरकारी बाेक्ने गाडी जनप्रतिनिधीले किन्नु पर्ने बताएका छन् ।

भोजपुर उद्योग वाणिज्य संघको १० आैं साधारण सभालाई शुक्रबार सम्वोधन गर्दै सांसद किरातीले किसानले उत्पादन गरेका तरकारी बाेक्ने गाडी किन्नु पर्ने बताएका हुन् ।

गाँउका किसानले उत्पादन गरेका कृषिजन्य बस्तुहरु बजार अभावमा कुहिएर जाने गरेको प्रति चासो व्यक्त गर्दै उनले हरेक स्थानिय सरकारले गाउमा उत्पादित वस्तु बजार सम्म लैजाने व्यवस्था गर्नु पर्नेमा जोड दिए ।

विकाश र समृद्धिको बाटो कसैले रोक्न नसक्ने भन्दै उनले कुनै पनि व्यक्ति विशेषको जन्मले विकाश नहुने बताए ।

भोजपुर सम्माननिय राष्ट्रपति विद्या देवी भण्डारी र प्रदेश एकको मुख्यमन्त्री शेरधन राईको जन्मथलो भएको स्मरण गर्दै उनले भने विकाश व्यक्ति विशेषको जन्मले हुदैन , जनप्रतिनिधीको सक्रियता ,जनताको चेतना ,एकता र अग्रसरताले हुने बताए ।

कार्यक्रममा सांसद किरातीले वर्तमान सरकारले कछुवाको गतिमा भए पनि निरन्तर काम गरिरहेको दाबी गरे ।

एकतामा जोड दिदै सांसद किरातीले सत्ता पक्ष र प्रतिपक्ष नभनी समृद्ध नेपाल निर्माणमा जुट्न सबैलाई आग्रह समेत गरे । भोजपुर उद्योग वाणिज्य संघको १० औँ साधारण सभाको शुभकामना दिदै उनले सर्वसम्मत समिती चयन गर्न सुझाव दिए ।

लोकतन्त्रको नाममा जोड घटाउमा लागेर निर्वाचनलाई प्राथमिकतामा राख्दा विचार गौण हुने उल्लेख गर्दै किरातीले एकता सहकार्य भए मात्र उद्योगी व्यावसायीहरुको हित हुने स्पष्ट पारे ।

कार्यक्रमलाई संबाेधन गर्ने क्रममा उनले नेपालमा उत्पादित वस्तुहरुको बजार व्याबस्थापन गरि विदेश निर्यात गर्न पनि नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुलाई अनुरोध गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रिय अध्यक्ष भवानी राणाले कृषि उपजका लागी केन्द्रले विभिन्न सहयोग गरिरहेको बताईन् ।

अध्यक्ष राणाले भोजपुरबाट उत्पादित हस्तकलाका सामाग्रीहरु कोशेली घरले सरक्षण गरिहेको स्मरण गराईन् । उनले उद्यमशिलता विकाशका लागी एकजुट हुन पनि उद्योगी व्याबसायीलाई आग्रह गरिन् ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष चन्द्र प्रशाद ढकाल , उमेश श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।