धरान/ धरान–५ कुलुङचोकका अग्नीपीडित वीरबहादुर राईको परिवारलाई एमाले निकट युवा सङ्घ नेपालले आर्थिक सहयोग गरेको छ ।

पीडित परिवारलाई शुक्रबार घरमै पुगेर युवा सङ्घको जिल्ला, क्षेत्र र नगर कमिटीले देउसीबाट सङकलित २० हजार ५ रूपैयाँ सहयोग गरेको नगर सचिव धिरेन लिम्बूले जानकारी दिए ।

युवा सङ्घले अन्य सङ्घसंस्थाहरूलाई पनि सहयोग गर्नका लागि आग्रह गरेको छ ।

नेकपा एमालेका जिल्ला सदस्य एवम् युवा इञ्चार्ज पदम इस्वो, एमाले नगर अध्यक्ष नारायण सुवेदी, र युवा सङ्घका नगर अध्यक्ष राजेन्द्र राईले पीडित वीरबहादुर र श्रीमती शान्ति राईलाई हस्तान्तरण गरेका थिए ।

राईको घरमा सोमबार राति ९ बजे आगलागी भएको थियो । आगलागीपछि उनीहरू आफन्तको घरमा आश्रय लिन बाध्य छन् ।